Comments Add Comment

यसपालिको गर्मीमा यस्ता हेयर स्टाइल पो अपनाउने कि ?

कपालले नै मानिसलाई सुन्दर देखाउने गर्छ । कपालकै कारण मानिसको व्यक्तित्व पनि आकर्षक देखिन्छ । यही कुरालाई बुझेर नै हिजोआज महिलाहरू लुगाको साथमा कपाललाई समेत आकर्षक देखाउन विभिन्न उपाय अपनाउने गर्छन् ।

गर्मीमा कपाललाई खुला राख्न नमिल्ने र कुनै आर्कषक हेयर स्टाइल पनि बनाउन नमिल्ने हुँदा धेरै महिलालाई आफ्नो कपालको स्याहार गर्न कठिनाइ हुने गर्दछ । तपाईंलाई पनि यस्तो समस्या छ भने गर्मीमा यस्तो हेयर स्टाइल बनाउन सकिन्छ, जुन स्टाइलिस्ट हुनुका साथै आकर्षक तथा कम्फरटेबल पनि हुन्छ ।

क्रम्पल्ड लेयर्ड बब

हरेक कपालमा सुट गर्ने क्रम्पल्ड लेयर्ड बबलाई बेग्लाबेग्लै हेयर कलर तथा टेक्सचर भएको कपालमा प्रयोग गर्न सकिन्छ । अझ तपाईको कपाल प्राकृतिक रूपमै वेभी वा कर्ली छ भने यस्तो हेयर स्टाइल निकै आर्कषक देखिन्छ ।

रेजर कट लेयर्ड हेयर

पातलो कपाललाई बाक्लो तथा आकर्षक देखाउन चाहना छ भने रेजर कट लेयर्ड हेयर एक राम्रो विकल्प बन्न सक्छ ।

वेभी रेजर कट

कपाल छोटो हुने व्यक्तिले यस हेयर स्टाइल पनि अपनाउन सक्छन् । यस हेयर स्टाइलको सहायताले मानिसलाई आधुनिक देखाउनुका साथै फंकी लुक प्रदान गर्छ । यस कटमा कपाललाई हल्का वेभी लुक दिन सकिन्छ ।

रेजर कट

विहान विहानै काममा जान हतार हुन्छ भने त्यस्ता व्यक्तिहरूका लागि रेजर कट हेयरस्टाइल निकै उपयोगी हुनसक्छ । यो हेयरस्टाइल बनाउन न त समय लाग्छ, न त धेरै मेहेनत नै गर्नुपर्छ ।

लेयर्ड वेभ्स

लामो कपालमा थोरै परिवर्तन गर्न चाहने व्यक्तिले लेयर्ड वेभ्स हेयर स्टाइल ट्राई गर्न सक्छन् । यस स्टाइलमा पछाडिको कपाल लामै राखिनुका साथै अगाडिको भाग लेयर्ड हुने गर्छ । यस स्टाइलका कारण कपाल पातलो छ भने पनि बाक्लै देखिन्छ ।

मेसी एक्सएल बब कट

गर्मी मौसममा मेसी एक्सएल बब कट हेयरस्टाइल पनि ट्राई गर्न सकिन्छ । यस हेयर स्टाइलमा कपाललाई कर्ली गरेर ड्रयरले व्लो गर्न सकिन्छ । यस हेयरस्टाइलले कम्फरटेबल लुक दिनुका साथै कपाललाई आर्कषक देखाउन मद्दत गर्छ । बलिउड क्वीन कंगना रावतले समेत यस हेयर स्टाइललाई प्रयोगमा ल्याएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment