Comments Add Comment

होटललाई ‘अफिस’ बनाउँथे गोरे ! ६ लाख खर्चेर ल्याएको एकाउन्टेन्ट खोज्दै समिति

सनम शाक्य, नरेन्द्र कार्की र मोहन काफ्लेलार्इ यातना दिँदै चुडामणि उप्रेती ‘गोरे’ ।

७ जेठ, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ ले आर्थिक कारोबारका लागि विभिन्न होटलहरुलाई कार्यालयको रुपमा प्रयोग गर्ने गरेको खुलेको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न गठित समिति स्रोतका अनुसार गोरेले होटलहरुमा आर्थिक कारोबार गर्थे । स्रोतका अनुसार सुरुमा सनम शाक्यले गोरेको ‘एकाउन्टेन्ट’ को काम गर्ने गरेका थिए।

गोरेका विश्वासपात्र बनिसकेका उनले सुन तस्करीमा पनि सघाउँथे । तर, सनमले पछिल्लो समय भने गोरेसँग दुरी बढाउन खोजेपछि गोरेले ६ लाख रुपैयाँ खर्च गरेर नयाँ ‘एकाउन्टेन्ट’ झिकाएका थिए ।

झापाको दमकमा उनले नयाँ अखडा खोलेको भेटिएको छ । नयाँ एकाउन्टेन्टलाई गोरेले मासिक १ लाख दिएका थिए ।

छानबिन समितिले बरामद गरेको भिडियोमा गोरे स्वयम्ले सनमप्रति लक्षित गर्दै भनेका छन्, ‘तँ मेरो सबैभन्दा विश्वासिलो पात्र थिइस् । तलाई कामको धेरै भार भयो भनेर नयाँ एकाउन्टेन्ट ल्याएँ । ६ लाख खर्च गरेर दमकमा अफिस राखेँ । एक लाख रुपैयाँ दिएर हिसाब किताब हेर्ने मान्छे पनि राखें ।’

तर, साढे ३३ सुन हराएपछि गोरे र उनका सहयोगीले यातना दिने क्रममा सनमको मृत्यु भयो । सनमको हत्यापछि नै गोरे समूहको सुन तस्करीको पोल खुलेको हो ।

यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस भइरहेको छ भने छानबिन समितिले पनि काम गरिरहेको छ । समिति अहिले गोरेको लगानीका साथै उनको अखडा र एकाउटेन्टको खोजीमा छ ।

‘दमकका दुई/तीन वटा होटल हाम्रो शङ्काको घेरामा छन्’, छानबिन समिति स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हामी सुक्ष्म अध्ययन गरिरहेका छौं ।’

निशाका कारण गोरेसँग टाढिएका थिए, सनम

सनम गोरेका विश्वास पात्र थिए । सुन तस्करी गर्नेदेखि हरहिसाब सबै उनकै जिम्मा थियो । तर, उनको जीवनमा निशाको प्रवेशपछि उनी गोरेसँग टाढिए ।

त्यही बेला तस्करी गरेर ल्याएको सुन हराएपछि उनी गोरेको निशानामा परे र ज्यान गुमाए ।

२८ साउन ०७४ मा दरबारमार्गस्थित आइक्लबमा सनम र निशा सेन ठकुरीको भेट भएको थियो । त्यसबेला मोहन काफ्ले लगायत ४/५ जना पनि त्यहीँ थिए ।

पहिलो भेटमै सनमले मोबाइल नम्बर मागे । त्यसपछि फोन र म्यासेजबाट सुरु भएको सम्वाद विस्तारै ‘प्रेम’मा परिणत भयो ।

यद्यपि, त्यसबेलासम्म निशालाई सनम सुन तस्कर हुन् र उनको पहिल्यै विवाह भइसकेको छ भन्ने थाहा थिएन । उनले आफ्नो घर उर्लाबारीमा भएको र हाँडीगाउँमा भाडामा बस्दै आएको त बताएका थिए, तर, के काम गर्छन् त्यसबारे बताएका थिएनन् ।

सनम निशालाई लिएर उनको गाउँतिर समेत पुगेका थिए । उनीहरु दशैं अघि धरानमा गएर दुई दिन बसेका थिए । टीकाको दिन आमाको जन्मदिन भएकाले उनी काठमाडौं फर्किन् । ठमेलस्थित होटल बडीमा आमाको जन्मदिन पार्टी राखिएको थियो ।

जहाँ रोशन श्रेष्ठ, आकाश लामा, रमेश श्रेष्ठ लगायत थिए । पार्टीपछि उनीहरु नजिकैको फेसेस लन्ज एण्ड बार (क्लब) मा गए । त्यहाँ सनमले निशालाई भिडियो कल गरे ।

त्यसबेला समूहमा रहेकामध्ये रमेशले सनमको फोटो देखेपछि सुन तस्कर भएको सुनाएका थिए ।

त्यसपछि आफूसँग सनमलाई सुन तस्करीमा संलग्न भएको स्वीकार गरेको निशाको बयान छ । निशाले सनमलाई जोखिमको काम छाड्न पटकपटक चेतावनी दिएकी थिइन् । त्यही क्रममा उनीहरुबीच थुप्रै पटक विवादसमेत भएको थियो ।

निशाले भनेकी छन्, ‘उनले हरेक पल्ट काम छाड्न केही समय लाग्ने भन्दै टार्दै आएका थिए ।’

परिवारबाट पनि उनलाई तस्करीको काम छाड्न दबाव आइरहेको थियो । र, उनीले सुन गायब हुनु केही समय अघिबाटै गोरे समूहबाट टाढा हुने निर्णय लिएका थिए ।

‘गोरेको काम छाडे पनि बेलाबेला सनमको सम्पर्क भइरहन्थ्यो’, अनुसन्धान समितिका एक सदस्यले भने, ‘नयाँ एकाउन्टेन्टलाई सबै कुरा ट्रेन गर्न समय लाग्ने भएकाले उनीहरुबीच सम्पर्क भइरहेको हुन सक्छ ।’

जब सुन हराएपछि गोरेले कब्जामा लिएर यातना दिन थाले, सनमले निशासँग प्रेम गर्नु गल्ती भएको बताएका छन् । यसका बाबजुद सनमले गोरेको हातबाट ज्यान गुमाउनुपर्‍यो ।

यो पनि पढ्नुस् 

गोरे समूहले सुन हराएपछि यसरी दिएको थियो यातना (भिडियो)

सुन तस्करीको कमाई जग्गामा ! गोरेको लगानी खोज्दै अनुसन्धान समिति

सुनकाण्डमा अरुपात्र छिट्टै बाहिर आउँछन्ः गृहमन्त्री

त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)

कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

सुन तस्करको अर्को समूह खोज्दै छानविन समिति

अदालतसामू टेकराजको बयानः दुबईबाट सुन ल्याएको हुँ, सबै सेटिङ गोरेले मिलाउँथे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment