+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण :

सुनकाण्डका मुख्य लगानीकर्ताको घरमा छापा, दुर्इ किलो चाँदी र १० तोला सुन भेटियो

३० लाख नगद र कार पनि बरामद

गौरव पोखरेल गौरव पोखरेल
२०७५ जेठ २६ गते १:३०
प्रहरीले छापा मारेको अग्रवालको घर र इन्सेटमा अग्रवाल ।

२५ जेठ, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ ।

उनी प्रहरीले यो प्रकरणको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका थिए । अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको छ ।

शुक्रबार प्रकरणको अनुसन्धान गर्न गठित विशेष अनुसन्धान समितिले उनको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको स्रोतले जनाएको छ ।

घरमा भएको अन्य सुन अग्रवाल पत्नी निलमले लिएर कतै लुकेर बसेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘सुन राख्ने खाली डिब्बा र सुन बोक्ने ज्याकेट चाहिँ फेला पारेका छाैं’, समिति स्रोतले भन्याे ।

प्रहरीले बा १० च २८२ नम्बरको गाडीसहित अन्य केही महत्वपूर्ण कागजातहरु बरामद गरेको दाबी गरेको छ ।

अग्रवालको घरबाट बरामद भएको गाडी ।

सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका अग्रवाललार्इ छानबिन समितिले उनलार्इ नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

यसअघि प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङले गृह मन्त्रालयका सह-सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको समित समक्ष बयान दिने क्रममा ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका थिए ।

‘साढे ३३ किलो सुनमा मोहन अग्रवाल ‘एमके’ले लगानी गरेका थिए’, जिल्ला अदालत मोरङमा पेश भएको अभियोग पत्रमा उल्लेख गरिएको भुजुङको बयानमा भनिएको थियो, ‘त्यसको कमिसन मैले पनि पाउँथे ।’

यो पनि पढ्नुस् 

शून्य किलो सुनकाण्ड ! गृहमन्त्रीभन्दा ‘गोरे ग्याङ’ बलियो !

सुन तस्करी प्रकरणः गोरेका सहयोगी राम तिवारी समातिए

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?