Comments Add Comment

मल्टिस्टार फिल्मबाट भाग्दै साम्राज्ञीदेखि आँचलसम्म


नायिका आँचल शर्माले हालै आफू अब मल्टिस्टार चलचित्रमा काम नगर्ने बताइन् । ‘सत्रू गते’ मा काम गरेपछि उनीमा यस्तो सोच पलाएको हो ।
‘सत्रू गते’ ले सफलताको किर्तिमान राखे पनि आँचललाई भने खासै फाइदा भएन । त्यसैले उनले बुझिन् कि ठूला कलाकारको भिडमा काम गर्दा आफू हराउने खतरा हुन्छ । यसैले सोलो नायिकाको भूमिका कुरिरहेकी उनी आजकाल म्यूजिक भिडियोमा सिमित छिन् ।

सोलो नायिका भएको खण्डमा मात्र काम गर्ने अर्की नायिका हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । साम्राज्ञीले काम गरेका ५ वटै चलचित्रमा उनी सोलो नायिका छिन् । सायद, धेरै कलाकार भएको चलचित्रमा काम गर्दा आफू छायाँमा पर्ने डरले नै हुनसक्छ, साम्राज्ञीले छक्का पन्जा २ र ३ मा काम गर्ने इच्छा देखाइनन् । साम्राज्ञी सोलो नायिकाको रुपमा २ पटक चलेकी छिन् भने एकपटक असफल भएकी छिन् । उनी पनि आफ्नो क्रेडिट अरुले नलगोस् भन्ने चाहन्छिन् ।

सोलो नायिकाको रुपमा नै काम गर्न चाहने अर्की नायिका हुन् बर्षा राउत । ‘छक्का पन्जा, छक्का पन्जा ३, मिस्टर झोले’ जस्ता हिट चलचित्रमा काम गरे पनि आफूलाई फाइदा नभएको वुझेकी बर्षा राउत अहिले सिंगल नायिका भएको चलचित्र ‘चौका दाउ’ गर्दा दंग छिन् ।
४ पुरुषकी एक्ली नायिकाको रुपमा उनले ‘चौका दाउ’मा काम गरिरहेकी छिन् । सोलो नायिकाको रुपमा काम गर्दा सबैको नजर पर्ने, जिम्मेवारी पनि बढेको महसुस हुने वर्षाको बुझाई छ । उनी, चलचित्र ‘जात्रै जात्रा’ मा पनि सोलो नायिकाको रुपमा देखिदैछिन् ।

ठूला व्यानरका मल्टिस्टारर फिल्मको पछि लाग्ने कलाकारहरु पनि यहाँ धेरै छन् । यस्तो फिल्म व्यवसायिक रुपमा सफल हुने सम्भावना धेरै भएकाले आफ्नो करिअर जोगिने सोच उनीहरु राख्छन् । नायिका बर्षा राउतले चलचित्र नाई नभन्नु ल ५ मा फूपूको भूमिका गर्न नमान्दा सोही भूमिका अर्की नायिका केकी अधिकारीले गरिदिइन् । केकी चलेको सिक्वेल चलचित्रमा काम गरेर हिट हुने आशामा छिन् ।

नायिका प्रियंका कार्की सोलो नायिका र हुलमुल दुबैमा रमाउँछिन् । उनलाई आफ्नो भूमिकाको खासै मतलब हुँदैन, काम गर्न पाए पुग्छ ।
सोलो नायिका बनेको चलचित्र सफल भएमा क्रेडिट आउने, मिडियाको नजर पनि आफूतिर पर्ने, दर्शकले नोटिस गर्ने कुरामा दुइमत छैन । तर, चलचित्र नचलेको खण्डमा त्यसको परिणाम फेरि घातक हुन पनि सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment