+
+
Shares

विश्वकप फुटबलमा बाजी लगाउने ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २४ गते १३:०७

२४ असार, काठमाडौं । महागनरीय प्रहरी परिसर, काठमाडौंले विश्वकप फुटबलमा सट्टेबाजी खेलाएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धापासीका २५ वर्षीय अमित श्रेष्ठ, २५ वर्षीय प्रमोद रानाभाट, बालुवाटारका २५ वर्षीय अनिल भण्डारी र बसुन्धराका ३४ वर्षीय निरे भनिने निराजन पौडेल छन् । उनीहरुलाई प्रहरी शनिबार साँझ बालुवाटारबाट पक्राउ गरेको हो ।

उनीहरुले विश्वकपमा विभिन्न टिमहरुको हारजितको आधारमा विभिन्न व्यक्तिहरुसँगबाट नगद लाभ लिने गरेको परिसरका डिएसपी मोहन थापाले बताए ।

प्रहरीले उनीहरुको चार वटा मोबाइल समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?