Comments Add Comment

रणवीरलाई रंगेहात समातेकी थिइन् दिपिकाले


बलिउडमा हिरो र हिरोइनहरुबीच सम्वन्ध जोडिन र तोडिन कुनै आइतबार पर्खिनु पर्दैन । लुगा फेरे झैं प्रेमी-प्रेमिका फेर्नेहरु धेरै छन् त्यहाँ ।
कुरा गरौं रणवीर कपुर र दिपिका पादुकोणको । एकताका उनी दिपिका पादुकोणसँग गहिरो प्रेममा थिए । उनीहरुको जोडीलाई धेरैे सह्राहना पनि गर्थे । तर केही समयपछि उनीहरु छुट्टएि, जसको कारण कसैलाई थाहा भएन ।

दिपिकापछि रणवीरले कट्रिना कैफसँग अफेयर चलाए भने अहिले आलिया भट्टसँग प्रेममा मग्न छन् । यता, दिपिका पनि खाली बसेकी छैनन् । उनको प्रेम अहिले रणवीर सिंहसँग छ र उनीहरुले यसै वर्ष बिहे गर्ने खबरहरु आइरहेका छन् ।

हालै एक अन्तरवार्तामा दिपिकाले रणवीरसँगको प्रेमको पाना पल्टाइन् । सो प्रेम किन टुटेको थियो भनेर बयान गरिन् । रणवीरको नाम नलिइकन उनले भनिन्, ‘त्यो प्रेममा मैले धोका पाएँ । मैले उसलाई अर्कै युवतीसित रंगेहात समातेँ । त्यसपछि हाम्रो सम्वन्ध तोडियो ।’

दिपिकाले थपिन्, ‘मलाई धेरैले भनिरहेका थिए कि उसले तिमीलाई धोका दिइरहेको छ । त्यसपछि मैले उसलाई एकपटक सम्झाएँ । उसले माफी माग्यो । र, मैले दोस्रो मौका दिएँ । तर उ सुध्रिएन । अनि त सम्वन्ध तोड्नुको विकल्प नै रहेछ ।’

आफू कसैसँग प्रेममा रहँदा शरीर मात्र नभएर मन पनि उसलाई दिने गरेको दिपिका बताउँछिन् । तर, आफूले तन र मन दिएको व्यक्तिबाट धोका पाउँदा ठूलो चोट लागेको उनको भनाई छ ।

‘त्यो ब्रेकअपपछि म धेरै दिनसम्म रोएँ । बिस्तारै आफूलाई सम्हालेँ । र, पहिलेभन्दा परिपक्व बने,’ दिपिकाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment