+
+
Shares

बिमस्टेकमा परराष्ट्रमन्त्री ज्ञवालीले भने – प्रतिबद्धता होइन कार्यान्वयनको चरणमा जाउँ

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १३ गते १४:२७

१३ भदाै, काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई प्रतिबद्धताबाट कार्यान्वयन चरणमा लैजानुपर्ने बताएका छन् । सम्मेलनको पूर्व सन्ध्यामा बुधबार बसेको बैठकमा उनले बिमस्टेक संयन्त्रलाई नतीजामुखी बनाउनु पर्नेमा जोड दिएका हुन ।

बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरिरहेका मन्त्री ज्ञवालीले व्यापार तथा पारवहनलाई उच्च प्राथमकितामा राख्नुपर्ने बताए । समृद्धिका लागि देखिने गरिको उपलब्धी हासिल हुनुपर्ने उनको भनाइ थियो ।

बैठकमा उनले दिगो यातायात सञ्जाल, विद्युत प्रसारण लाइन अन्तरसञ्जाल र इन्फर्मेसन हाइवे जस्ता क्षेत्रमा सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे । प्राकृतिक प्रकोप, खाद्य असुरक्षा र जलवायु परिवर्तनले निम्त्याउने जोखिमको सामनाका लागि पूर्व तयारीमा पनि उनको जोड थियो ।

मंगलबार बसेको १९ औं सचिवस्तरीय बैठकले विधुत प्रसारण लाइनसम्बन्धी सहमति पत्रलाई हस्तक्षारका लागि सिफारिस गरेको छ । मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि सहमति चौथो शिखर सम्मेलनमा प्रस्तुत गरिनेेछ ।

बैठकमा नेपालबाट मन्त्री ज्ञवाली, भारतका बाह्य मामिला राज्यमन्त्री भी.के. सिंह, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अलि, म्यान्मारका अन्तराष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याब तिन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय र भुटानका विदेश सचिव सोनामा छोङ सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?