Comments Add Comment

‘रोज’को विशेष शोमा प्रदिपका यस्ता यूवती फ्यान

आफ्नै प्रेमीले प्रेमिकालाई किन मार्‍यो भन्ने कथाको वरिपरी घुमेको चलचित्र ‘रोज’ आजबाट देशभरका हलमा लागेको छ । देशभरका करिब ९५ पर्दामा रिलिज भएको यो चलचित्रको आज बिहान काठमाण्डौको बीग मुभिजमा विशेष शो आयोजना गरिएको छ ।

विशेष शोमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का, नायिकाद्धय मिरुना मगर र परमिता आर एल राणा, निर्देशक निरक पौडेल लगायत उपस्थित थिए ।

नायक प्रदिप खड्कालाई भेट्न करिब दर्जन यूवती फूलको गुच्छा बोकेर बिहानै हल पुगेका थिए । उनीहरुले प्रदिपसँग तस्बिर खिचाए । प्रदिपले पनि फ्यानले देखाएको मायामा खुशी व्यक्त गरे ।

नायक प्रदिप खड्का र नायिका परमिता आर एल राणाको प्रेम र उनीहरुविच उत्पन्न भएको असमझदारीको वरिपरी यो चलचित्र घुमेको छ ।
चलचित्रको कथावस्तु शिर्ष पात्र ‘रोज’लाई किन मारियो भन्ने कुरामै केन्द्रित छ । चलचित्रको पहिलो हाफ कमजोर छ । दोश्रो हाफमा दर्शकले पर्खिएको मुख्य बिषय वरिपरी चलचित्र घुम्दा केही रोचक लाग्न सक्छ ।

चलचित्रको छायांकन पक्ष निकै कमजोर छ । चलचित्र रिलिज गर्न गरिएको हतारो पर्दामा स्पष्ट देखिएको छ । यो चलचित्रलाई अझै समय लगाएर प्राविधिक कुरामा समेत ध्यान दिएर बनाएको भए धेरै राम्रो हुने थियो । नायक प्रदिप खड्काका फ्यानका लागि ‘रोज’ १ घन्टा ३० मिनेट हलमा बिताउने राम्रो माध्यम बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment