Comments Add Comment

गोलमा कमजोर बनेका ला लिगा स्टार

२५ असोज, काठमाडौं । ला लिगामा आश गरिएका केही स्ट्राइकरका लागि यो सिजन अवस्था सामान्य छैन । डिएगो कोस्टा, लुइस स्वारेज, ग्यारथ बेल जस्ता खेलाडीले गोल गर्ने पुरानो छवि बचाइरहन पनि सकेका छैनन् ।

यो सिजन कोस्टाले खेलेका सात खेलमा अहिलेसम्म गोल गर्न सकेका छै्रनन् । कोस्टाले गोल नगरेको समय ५ सय ८१ मिनेट पुगिसकेको छ ।
ब्राजिलमा जन्मिएर स्पेनिस फुटबलमा लागेका कोस्टाले गएको सिजन पनि अन्तिममा ६ सय २८ मिनेट गोल बिना नै खेलेका थिए ।

यता क्रिष्टियानो रोनाल्डो नहुँदा रियल मडि्रडमा बेल र करिम बेन्जेमामा गोलको चुनौती बढेको छ । तर, आश गरिए जति दुवै खेलाडीले खेल्न सकेका छैनन् ।

बेलले ५ सय ३९ मिनेट खेलेकोमा ३ गोल गरेका छन् । दुई गोलको लागि अवसर बनाएका छन् । ६ सय १२ मिनेट खेलेका बेन्जेमाले ४ गोल गरेका छन् ।

यसैगरी भिलारियलका जेरार्ड मोरेनो र भ्यालेन्सियाका रोर्डिगो पनि कठिन अवस्थाबाट गुज्रिरहेका छन् । रोर्डिगोले गएको सिजन १६ गोल गरेर राम्रो खेल देखाएका थिए ।

जेरार्ड पछिल्लो ७ सय २ मिनेटसम्म गोल गर्न सकेका छैनन् । रोडि्रगो ४ सय २३ मिनेट, कोस्टा ५ सय ८१ मिनेट, बेन्जेमा ३ सय ६९ मिनेट, बेल ३ सय ५७ मिनेट र लुइस स्वारेज ३ सय २८ मिनेट गोलविहीन भएका छन् ।

पहिलेका खेललाई विचार गर्दा लुइस स्वारेजले धेरै नै संघर्ष गरिरहेका छन् । यो सिजन आठ खेलमा उनले तीन गोल गरेका छन् । जुन गएका वर्षमा भन्दा कमजोर अवस्था हो । यो सिजन उनले गोलको लागि ३ वटा अवसर पनि बनाएका छन् ।

शीर्ष स्थानमा अहिलेसम्म जिरोनाका क्रिष्टियन स्टुआनीले ८ गोल गरेका छन् । सेभिल्लाका एन्द्रे सिल्भाले ७ साथै बार्सिलोनाका लियोनल मेस्सीले ६ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment