+
+

तपाईंलाई पनि हुनसक्छ भिटामिन डिको कमी, कति गंभीर छ असर ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते १२:४६

तपाईंले आफ्नो स्वास्थ्य जाँच गर्नुभएको छ ? भिटामिन डि पुग/अपुग के अवस्था छ ?

चिकित्सकहरु भन्छन्, ‘अहिले धेरैजसो नेपालीलाई भिटामिन डिको कमी छ ।’ किन यस्तो भएको होला ?

भिटामिन डिको राम्रो स्रोत हो, घाम । तर, अहिले हामीलाई घाम ताप्ने फुर्सद छैन । फुर्सद भएपनि घामको दूष्प्रभावबाट बच्न हामी सकेसम्म खुला खाममा निस्कन डराउँछौं । पछिल्लो समय छालाको क्यान्सरमा पनि घामको विकिरण मूख्य कारक बन्दैछ । अर्कोतिर यसले छालालाई कुरुप बनाउँछ भन्ने भय पनि छ । सौन्दर्यप्रति सचेतहरु घामको सम्पर्कमा नभई ओझेलमा रहन रुचाउँछन् ।

त्यही कारण धेरैजसो घामको सोझो सम्पर्कमा आउन चाहँदैनन् ।

तर, यसको साइड इफेक्ट चाहि धेरैलाई भिटामिन डिको कमी भएको छ । अझ जाडो महिनामा त भिटामिन डिको अभाव हुने समस्या अरु बढी थपिन्छ ।

प्राकृतिक भिटामिन डिको कमी

जाडो सुरु हुनै लाग्यो । जाडो महिनामा कुनै कुराको विशेष महत्व हुन्छ भने त्यो हो ‘घामको महत्व’ । घाम ताप्नकै लागि जाडो प्रत्येक मानिस घरबाट बाहिर आँगनमा निस्कने गर्दछन् । र, केही समय घाममा बस्ने गर्दछन् ।

तर यो सुविधा सधैभरी प्राप्त नहुन सक्छ । विशेषगरी, चिसो दिनमा । जसका कारण शरीरमा भिटामिन ‘डी’को कमी हुनसक्छ । र, शरीरमा भिटामिन ‘डी’ कमी भएमा चिकित्सकहरु भिटामिन ‘डी’को औषधी सेवन गर्न सल्लाह दिने गर्दछन् ।

भिटामिन डी २ र डी ३ औषधी कुनै पनि औषधी पसलबाट विना प्रेस्कृप्सन पनि खरीद गर्न सकिन्छ ।

विभिन्न किसिमका रोगको संक्रमण, थकान, मांसपेशीको कमजोरी, हड्डी सम्बन्धि समस्या तथा डिप्रेसनबाट बचाउने भएकोले भिटामिन ‘डी’ लाई चमत्कारी भिटामिन पनि भनिन्छ ।

त्यतिमात्र हैन, भिटामिन ‘डी’ले क्यान्सर रोग तथा उमेरका कारण शरीरमा आउने बदलावबाट पनि शरीरको रक्षा गर्ने चिकित्सकहरुको दावी छ ।

एक सर्वेक्षणका अनुसार वि्रटेनमा भिटामिन ‘डी’को सप्लिमेन्ट लिने एक तिहाई मानिस भिटामिन ‘डी’ खाने गर्छन् । तर भिटामिन ‘डी’ खाएकै कारण उनीहरुलाई लिएर प्रश्नचिन्ह समेत खडा हुने गर्छ ।

कसले खाने भिटामिन ‘डी’ ?

हड्डीकेा मजबुतीका लागि भिटामिन ‘डी’को सेवन निकै महत्वपूर्ण मानिन्छ । यसले हड्डीमा क्याल्सियम तथा फास्फेटको मात्रालाई नियमित पार्ने गर्दछ । यही कारणले गर्दा पनि शरीरमा भिटामिन ‘डी’को कमी हुनेलाई चिकित्सकहरुद्धारा भिटामिन ‘डी’ को सेवन गर्न सल्लाह दिइने गरिन्छ ।

वि्रटेनमा मात्र करिब २० प्रतिशत मानिसमा भिटामिन ‘डी’को कमी हुने गरेको पाइन्छ ।

केही जानकारहरुलाई आधार मान्ने हो भने स्वस्थ मानिसहरुका लागि भिटामिन ‘डी’ सेवन त्यति जरुरी पनि मानिदैन । र, यसले त्यस्ता व्यक्तिहरुलाई रोगसित लड्ने ताकत पनि प्रदान गर्दैन ।

के हो सत्य ?

बोलोचालीको भाषामा भिटामिन ‘डी’ लाई औषधी भनिएता पनि यो कुनै औषधी नभएर केवल एउटा हर्मोन हो । यो हर्मोनले क्याल्सियम पचाउनमा शरीरलाई सहायता प्रदान गर्छ । यदी हामीले अत्याधिक मात्रामा तेल भएको माछा नखाने हो भनेमात्र पनि हामीसित प्राकृतिक रुपमा भिटामिन डी’को सेवन गर्ने अन्य विकल्प रहँदैन ।

त्यसो त, घामको अल्ट्राभायोलेट बी किरण शरीरमा पर्नासाथ शरीरको भित्री भागमा रहेको कोलेस्ट्रोलको मद्दतले शरीरले भिटामिन ‘डी’ निर्माण गर्न थाल्छ ।

भिटामिन ‘डी’ दुई किसिमको हुन्छ । भिटामिन डी २ र डी ३ ।

डी ३ माछा लगायत कयौ जनावरबाट पाइन्छ । छालामा घामको किरणले पनि भिटामिन डी ३ बनाउने गर्दछ । जबकी भिटामिन डी २ मसरुम लगायतका सागसब्जीबाट पाइन्छ । भिटामिन ‘डी’ ३ डी २ को तुलनामा बढी प्रभावकारी मानिन्छ ।

कति मात्रा आवश्यक ?

विट्रेनमा प्रत्येक व्यक्तिले दैनिक १० माइक्रोग्राम भिटामिन ‘डी’ सप्लीमेन्टको आवश्यकता पाइन्छ । यसमा घामको किरण पनि समावेश हुन्छ । तर, कसैको शरीरमा भिटामिन ‘डी’ को धेरै कमी भएमा सप्लिमेन्ट पनि लिन सकिन्छ ।

क्यानाडा तथा अमेरिकामा १५ माइक्रोग्राम भिटामिन ‘डी’ को आवश्यकता बताइन्छ । अमेरिकामा प्रायः दूध, ब्रेकफास्ट, अनाज, दही तथा सुन्तलाको जूसमा भिटामिन ‘डी’ मिसाएर बेचिन्छ । बीसौ शताब्दीमा रिकेट्स नामक रोगसित लड्नका लागि पनि यस्तै उपाय अपनाइन्थ्यो । भिटामिन ‘डी’को कमी भएमा हड्डीको घनत्व -बोन डेन्सिटी) कम भई रिकेट्स नामको रोग लाग्ने गर्छ । यसबाट नवजात शिशु तथा बालबालिका बढी पिडित हुनृ गर्छन् ।

शरीरमा भिटामिन ‘डी’ कम भएमा के के हुनसक्छ ?

शरीरमा भिटामिन ‘डी’को कमी भएमा मांसपेशी कमजोर भई थकान हुने गर्दछ । त्यस्तै, शरीरमा ताकतको कम हुने गर्छ । जबकी शरीरमा भिटामिन ‘डी’ पर्याप्त भएमा यसले शरीरलाई किटाणुको संक्रमणबाट बचाउँछ ।

त्यसैले, शरीरको लागि भिटामिन ‘डी’ जरुरी भएपनि स्वस्थ मानिसको लागि भने यो त्यति आवश्यक पदैन । कुनै बेला वृद्धवृद्धामा गरिएको अनुसन्धानले यो तथ्य फेला पारेको हो । त्यसबेला घामको कमीका कारण वृद्धवृद्धामा हड्डी भाच्चिने समस्या उच्च हुने गर्छ । त्यसैले, उनीहरुमा ओस्टियोपोरोसिसको समस्या पनि उच्च हुने गर्छ ।

लामो समय लगाएर गरिने यस्ता अनुसन्धानका बावजुद लण्डनस्थित किंग्स कलेजका प्रोफेसर टिम स्पेक्टर यस्ता अनुसन्धान प्रति पूर्णरुपमा विश्वस्त नहुन सुझाव दिने गर्छन् ।

भिटामिन डी सम्बन्धि गाइडलाइन्स बदल्न कत्ति जरुरी ?

अगस्ट २०१८ मा भिटामिन डी सम्बन्धि अध्ययनले के निचोड निकालेको थियो भने शरीरमा भिटामिन डी पर्याप्त हुदाँहुँदै पनि हड्डी फ्याक्चर हुने सम्भावनामा कमी ल्याउन सकिन्न । र, भिटामिन ‘डी’को सप्लिमेन्ट ले शरीरलाई खासै कुनै फाइदा पनि हुँदैन । त्यसैले, पनि भिटामिन ‘डी’ सम्बन्धि गाइडलाइन हरु बदल्न जरुरी भएको अध्ययनकर्ताहरुको भनाई छ ।

तपाथी, घामको किरणबाट बञ्चित हुनेहरुमा भिटामिन ‘डी’ को सप्लिमेन्ट प्रभावकारी हुनसक्ने वि्रटेनकै अर्की एक्स्पर्ट सारा लेलैंड बताउँछिन् ।

घामको किरण कति प्रभावकारी ?

केहीबेर घाममा बस्नाले मात्र पनि शरीरमा भिटामिन ‘डी’को पुर्ति हुने गर्छ । र, उनीहरुलाई सप्लीमेन्टको खासै जरुरत पनि पदैन । यद्यपी, कयौ अनुसन्धानहरुले भिटामिन ‘डी’को सप्लिमेन्ट लिनाले पनि फ्याक्चर हुने सम्भावना २० देखि ३० प्रतिशत उच्च हुने गर्छ ।

भिटामिन ‘डी’को फाइदा

भिटामिन ‘डी’ लाई चमत्कारी भिटामिन भनिए तापनि यसको सम्बन्ध अन्य रोगसित पूर्ण रुपमा हुँदैन ।

तर पनि यसको सेवनले शरीरलाई रोगसित लड्न क्षमतामा वृद्धि हुने गर्छ । लण्डनमा गरिएको एक अनुसन्धान अनुसार भिटामिन ‘डी’ले सास नलीमा हुने संक्रमणबाट समेत शरीरको बचाव गर्छ । त्यतिमात्र हैन, बढ्दो उमेरमा हुने विभिन्न किसिमको रोगको समेत शरीरलाई बचाउने गर्छ ।

यसका साथै, आन्द्राको क्यान्सर, कलेजोको क्यान्सर, स्तन क्यान्सर, प्रोस्टेट क्यान्सरमा भएका विभिन्न अनुसन्धानहरुले पनि भिटामिन ‘डी’को सेवनले क्यान्सरको कोशिकाहरुलाई बढ्नबाट रोक्ने जनाएको छ । तर यो पक्का रुपमा पुष्टि भैसकेको छैन कि भिटामिन ‘डी’को सप्लिमेन्टले क्यान्सरको रोगीहरुलाई फाइदा हुन्छ ।

भिटामिन डी ३ले शरीरको कोशिकामा प्रोटिनको मात्रा नियमित गर्छ , जुन शरीरको बनोटका लागि जरुरी छ । यसले उमेर बढ्ने समस्या पनि सुस्त हुने गर्छ । यसबारे थप अनुसन्धान आवश्यक रहेको जानकारहरु बताउँछन् । साथै, यसले मुटुमा पार्ने प्रभावबारे पनि अनुसन्धान जरुरी छ ।

डिप्रेशनमा भिटामिन ‘डी’को असर

घाममा केहीबेर बसेको खण्डमा मुड राम्रो हुने गर्छ । अर्थात यसको सेवनले डिप्रेशनसित लड्नमा मद्दत मिल्ने गर्छ । तथापी, भिटामिन ‘डी’ले डिप्रेसनमा पार्ने असरबारे थप अध्ययन हुन बाँकी छ । यसको मुख्य कारण के हो भने मस्तिष्कमा हुने सेरोटिनिन नामक पिगमेन्टको सिधा सम्बन्ध हाम्रो मुडसित हुन्छ , जुन घामको किरणबाट प्राप्त हुने गर्छ । यस्तैगरी, निद्रा गराउने मेलाटोनिन नामक तत्वपनि शरीरमा भिटामिन ‘डी’ द्धारा प्राप्त हुने गर्छ । शरीरमा यी मध्ये कुनै एकको कमीले मात्र पनि डिप्रेशनको लक्षण पैदा हुनसक्छ ।

त्यसैले पनि, शरीरलाई स्वस्थ राख्न मात्र नभएर मानसिक रुपमा स्वस्थ राख्नका लागि पनि शरीरमा भिटामिन ‘डी’को विशेष महत्व भए पनि यसबारे पुष्टि हुन भने अझै बाँकी छ ।

भिटामिन ‘डी’ सप्लिमेन्ट शरीरका लागि कत्ति फाइदाजनक ?

हड्डीलाई मजबुती प्रदान गर्न पनि शरीरमा भिटामिन ‘डी’ निकै आवश्यक मानिन्छ । तर, शरीरमा भिटामिन ‘डी’ को पुर्ति गर्न भिटामिन ‘डी’ सप्लिमेन्ट त्यति लाभदायक मानिदैन ।

शरीरको फ्याट तथा छालाको रङ्ग रुपले पनि कुन व्यक्तिलाई कति भिटामिन ‘डी’ आवश्यक पर्छ भन्ने कुरा निर्धारण हुने गर्छ । त्यसैले, शरीरमा भिटामिन ‘डी’को आवश्यकता हेर्नका लागि पनि रगतको जाँच आवश्यक मानिन्छ ।

र, शरीरमा भिटामिन ‘डी’को पुर्तिका लागि दैनिक २५ नैनोमालको मात्राले खासै हानी गर्दैन । न्युजिल्याण्डका विशेषज्ञ इयान रीडका अनुसार ६२ दशमलव ५ माइक्रोग्राम भिटामिन ‘डी’ पनि अहिले बजारमा सजिलै खरीद गर्न सकिन्छ ।

तर त्यसो भन्दैमा विना चिकित्सकीय परामर्श यस्ता औषधी विना प्रेस्कृप्सन सिधै खरीद गर्दा शरीरमा भिटामिन ‘डी’ को मात्रा अत्याधिक हुने सम्भावना उच्च हुन्छ । जसका कारण वान्ता हुने , चक्कर लाग्ने लगायतको साइड इफेक्ट्स देखिने गर्छ ।
कहिलेकाँही वयष्कहरुको तुलनामा नवजात शिशुहरुमा पनि भिटामिन डीको कमी हुने गर्छ । जसले गदर्खा उनीहरुलाई सप्लिमेन्टको आवश्यकता पर्छ ।

भिटामिन ‘डी’ सम्बन्धि सप्लिमेन्टलाई लिएर पनि विशेषज्ञहरु आ आफ्नै धारणा राख्छन् । उनीहरु भन्छन्, अर्वौ रुपैयाको कारोवारका कारण नै चिकित्सकहरु भिटामिन ‘डी’ खाने सल्लाह दिने गर्छन् ।

अनुसन्धान जारी छ

भिटामिन ‘डी’ सम्बन्धि थप अनुसन्धानकै लागि हाल अमेरिकास्थित वि्रघम ऐण्ड वुमन्स हस्पिटलमा भिटामिन ‘डी’ को साइड इफेक्सबारे ठूलो अनुसन्धान भइरहेको छ । जसमा करिब २५ हजार मानिस समावेश छन् ।

आशा छ, यस वर्ष उक्त अनुसन्धानको नतिजा आएसँगै भिटामिन ‘डी’मा सप्लिमेन्टको महत्वबारे धेरै कुरा बाहिर आउने छ । जबकी अहिलेसम्मको तथ्यलाई ध्यानमा राख्ने हो भिटामिन ‘डी’को सप्लिमेन्ट लिनु भनेको पैसा खेर फाल्नु हो ।

हिन्दी विविसी अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?