Comments Add Comment

‘अतीतमा दक्षिण एशिया समृद्ध थियो, अहिले हामी पछि पर्‍यौं’

विचारहरुको विकास र महत्वपूर्ण सार्वजनिक नीतिका विषयहरुमा बौद्धिक बहसको आधार निर्माण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको इन्डिया फाउन्डेसनको उच्च प्रशंसा गर्न चाहन्छु । पाँचौं वर्षको अवधिमा, यस ‘इन्डिया आइडिया कन्क्लेभ’ फरक चरित्रको एक नेतृत्वदायी समारोह मात्र नभई विचारहरुको जन्म, विकास आदान-प्रदानका हिसाबले एक विशिष्ठ माध्यमका रुपमा विकास भएको छ । त्यसले कालान्तरमा अझ सौहार्द एवं समृद्ध समाज निर्माणका लागि सकारात्मक माहोल सिर्जना गर्न योगदान पुर्‍याउनेछ ।

२१ औं शताब्दीमा आविश्कार र अन्वेषणहरुको लहर पैदा गर्नका लागि भारतले धेरै प्रस्ताव गर्नुपर्नेछ । विचारक, नीति निर्माताहरुको सम्मानित भेलाका अगाडि म दुई करोड ८० लाख नेपालीहरुको सामुहिक विचार र तिनको सुनौलो भविष्यका लागि तिनका सपनाहरु, दृष्टि तथा आशाको प्रतिनिधित्व गदै तपाईमाझ आफ्नो विचार सेयर गर्दैछु ।

मानव जाति र हाम्रा आ-आफ्ना देशका नागरिकहरुका आ-आफना विचार हुन्छन् । हामी हाम्रो समाजलाई कस्तो बनाउन चाहन्छौं र हामी हाम्रो राज्य र विश्व समुदायलाई कहाँ पुराउन चाहन्छौं भन्ने विचारले निर्देशित गरेको हुन्छ ।

विचारहरु शुन्यतामा हुर्कन सक्दैन । विशिष्ट भौतिक सन्दर्भ र वस्तुस्थितिले मानव मस्तिष्कमा पार्ने प्रभावका प्रतिक्रिया नै विचार हुन्, मानव परिकल्पना र सिर्जनाको उपज हुन् विचार। केही विचारहरु समकालीन चुनौती र समस्याको मुकाविला गर्नका लागि आकस्मिक आवश्यकताद्वारा निर्देशित हुन्छन् भने धेरैजसो विचार मानव सुझबुझ र प्रगतिलाई अगाडि बढाउने र विकासको क्षितिजलाई विस्तार गर्दाका परिणाम विकास भएका हुन् ।

हरेक नयाँ युगको प्रारम्भका निम्ति केही अग्रगामी (क्रान्तिकारी) विचारहरुले रुपान्तरणकारी भूमिका खेलेका हुन्छन् । जब विचार प्रादुर्भावको शुरुवात व्यक्तिगत तवरमा सर्वाङ्गीण एकाग्रताद्वारा समकालीन सोचका लागि  हुन्छ, त्यसका लागि सिंगो समाज, राज्य र सभ्यताद्वारा त्यसलाई मलजल र सम्वर्द्धन गर्नुपर्छ ।

कुनै समय, विचार व्यक्तिगत एकरुपतामा अन्त हुँदैन । विचारको विविधताले सामाजिक बहसलाई थप मजबुत बनाउँछ । अन्तरसम्वाद र आदान-प्रदानले विचारलाई परिस्कृत बनाउँछ, फलस्वरुप तिनीहरुका लागि व्यापक अपनत्व, गहिरो अर्थ र नयाँ उचाइ हासिल गर्न मद्दत पुर्‍याउँछ ।

विचारले आधारभूत रुपमा हामीलाई परिभाषित गरेको हुन्छ भन्ने कुरामा तपाईहरु मसँग सहमत हुनुहुन्छ भन्ने लाग्छ । विचार हाम्रो पहिचान हो र मानव सभ्यताको यात्राका लागि निर्देशित उज्यालो हो । विचारहरु केवल अर्मूत हिसावले निर्माण भएका होइनन् । तिनीहरु आधारहरु हुन्, जहाँ व्यक्तिगत सोचले आकार ग्रहण गर्दै,  समाजहरु निर्माण हुँदै राज्यहरु मजबुत बन्नेछन् । यो आखिरी गन्तव्यको विचार हो, जसले हाम्रो सामुहिक सोचद्वारा तय गरिएको मार्गलाई विस्तार गर्नका लागि हामीलाई प्रोत्साहन गर्छ ।

विचारले हामीलाई सही र गलत, नैतिक र भ्रष्ट, असल र खराव पहिचान गर्नका लागि मद्दत गर्छ । यो मानव मस्तिष्कहरुको संसर्ग र परस्पर उर्वरताको विचार हो,  जसले अविश्वसनीय तवरका मानव विकास र परिवर्तनहरु ल्याएका छन् ।

कुनै पनि विचारको असली परीक्षा मानव जीवनमा त्यसले पार्ने सकारात्मक प्रभावको स्तर हुनेछ । अनि सामवेशिता यस्तो प्रभावको मूल आधार हुनुपर्छ

समय क्रममा उल्लेखनीय मानव विकासका बावजुत, विश्वले आज असंख्य चुनौतीहरुको सामना गरिरहेको छ । गरिबीको क्रुरतालाई आजपर्यन्त निवारण गर्न सकिएको छैन । असमानता राज्यभित्र र राज्य-राज्यबीच विशाल छन् । धेरै देश र समाजहरु विकास प्रकृयामा पछाडि नै छन् । धेरै क्षेत्रहरुमा शान्ति हासिल हुन कठिन भइरहेको छ । मानव दोहनबाट पैदा भएको जलवायु परिवर्तनका असरका कारण पृथ्वीको स्थिरतालाई खतरा पैदा भइरहेको छ ।

परिवर्तनकारी चौथो औद्योगिक क्रान्ति उदयसँगै नयाँ अवसर र चुनौती दुवै पैदा भएका छन् । प्रविधिका विविध क्षेत्रमा भएका क्रान्ति, कृत्रिम इन्टेनिजेन्स, रिवोटिस्, थ्रीडी, नानो प्रविधिहरुले विचारलाई सबल र परिस्कृत बनाउनका लागि मानव क्षमताको परीक्षण भइरहेको छ । तर, प्रविधिको विस्तार मात्रै पर्याप्त छैन । धेरै देशहरु अझै औद्योगीकरणको अघिल्ला लहरबाट लाभान्वित हुन सकेका छैनन् । प्रविधिको सपाट विस्तार र प्रसारका लागि अधीक काम आवश्यक छ ।

कुनै पनि विचारको असली परीक्षा मानव जीवनमा त्यसले पार्ने सकारात्मक प्रभावको स्तर हुनेछ । अनि सामवेशिता यस्तो प्रभावको मूल आधार हुनुपर्छ । इतिहासको श्रृखंलामा विचारहरुको फैलावटका हिसावले दक्षिण एशियाली क्षेत्रले विश्व मानचित्रमा द्विविधारहित तवरमा एक अद्वीतीय स्थान ओगटेको छ । भारतले धेरै प्रतिभाहरु जन्माएको छ, जसको महान विचार र ज्ञानले मानव सभ्यतालाई प्रेरित गरेको छ । र, ती ज्ञानहरु मानवताका लागि एक मार्गदर्शक प्रकाश मात्र थिएनन्, तिनीहरु समयको परीक्षणद्वारा खडा भएका छन् ।

विश्वको यस भूभागमा महान सभ्यताहरुले बास गरेका छन् । र, ठूला विचारक, नेताहरु, आविस्कारक, अन्वेषकहरु, विद्वानहरु र शोधकर्ताहरुलाई जन्म दियो । बौद्धिक उन्नतीको स्तर वा समृद्धिको स्तरमा, दक्षिण एशियाको अतीत समृद्ध छ । विगत २०० वर्ष समयको अवधिमा, संसारका प्रायःजसो क्षेत्र अघि बढ्यो र हामी पछि पर्‍यौं ।

एक समयमा जब बहुमत विश्व कष्टपद र अन्धविश्वासको प्रतिछायाँमा रुमल्लिरहेको थियो । हाम्रो क्षेत्र वेद र बौद्ध दर्शनद्वारा पहिले नै प्रबुद्ध भएको थियो । प्राचीन दक्षिण एशियाले विश्वलाई अनगिन्ती सभ्यताको विशेषता प्रदान गरेको थियो- साहित्य र वास्तुकलादेखि भौतिक विज्ञान, खगोलविज्ञान र औषधि, राज्यकलाको विचारदेखि व्यापार र उद्योगकलासम्म । दक्षिण एशियाली सभ्यताको यस बहुमूल्य विशेषता, हाम्रो मूल्य प्रणाली आजपर्यन्त कामयावी छन् ।

यी मूल्यमान्यता सौहार्दता, अनु‍शासन र व्यापक सार्वजनिक हित र चासोमा आधारित हाम्रो सामुहिक सभ्यताको स्वीकारोक्ति र केही थोरै व्यक्तिगत स्वकेन्द्रियताद्वारा पैदा भएको हो । यी मूल्यमान्यताहरुले साझेदारी, हेरविचार र सहअस्तित्वमा अधिक जोड दिन्छ । शान्ति, अन्तर-विश्वास सहिष्णुता र शान्तिपूर्ण अस्तित्वका सिद्धान्तको विचार आधुनिक समयका थुप्रै लहडहरुका लागि उत्तरहरु हुन् ।

नेपालको अनुभव

दशकौंसम्म तानशाही शासन, गरिबी र अविकासका विरुद्ध स्वतन्त्रताका लागि नेपाली जनताले लामो र कठिन संघर्ष गर्नुपर्‍यो । तानाशाहीबाट स्वतन्त्रता, गरिवीबाट स्वतन्त्रता, एक दशक लामो सशस्त्र संघर्ष र त्यसपछि शान्ति प्रकृयाको नेताका हैसियतले मैले नजिकबाट मेरा जनताहरुको आकांक्षालाई देखेको छु । सशस्त्र संघर्षका बेलामा मेरो ध्यान सबैभन्दा बढी दबाइएका र सीमान्तकृत समुदायलाई जागरुक बनाउनु, उनीहरुको राम्रो भविष्यको सपना देखाउनु र तिनीहरुलाई प्रवृद्ध र सशक्तीकरण गर्नु थियो । यो देशको दुरजन क्षेत्रहरुमा सामाजिक जागरण उठेको सबैभन्दा उत्कृष्ट समय थियो ।

केही वर्षको अन्तरालमा नै सामन्तवादका किल्लाहरु ध्वस्त हुन सुरु भयो र स्वतन्त्रता र लोकतान्त्रीकरणको आवाज ठूलो र दृढतापूर्वक उठ्यो । जब सशस्त्र संघर्षले जनतालाई सशक्तीकरण गर्दै लगेको थियो, ऐतिहासिक शान्ति प्रकृयाले जनताको आकांक्षा निहीत एजेण्डालाई संस्थागत गर्दै लग्यो । जनताको उत्कृष्ट सेवाका लागि प्रकृयालाई सरल बनाउनु, जनताको सामाजिक-राजनीतिक आकांक्षालाई संविधानमा समेटी संविधानलाई जनताको पूर्ण अपनत्व हासिल हुने प्रकृया अवलम्वन गर्नु । मैले ऐतिहासिक शान्ति प्रकृया र लोकतान्त्रिक परिवर्तनका हरेक उदारचढाव र मोडहरुलाई देखेको छु ।

हामी पूर्ण सचेत छौं कि, राजनीतिक उपलव्धीको संरक्षणका लागि हामीले छोटो समयमा एक बलियो र स्वस्थ आर्थिक आधार निर्माणबाट मात्र सम्भव छ । हामी हाम्रो सीमित स्रोत साधनका बारेमा पूर्ण जानकार छौं । त्यसैले सीमित श्रोतसाधनको न्यायिक बाँडफाटबारे ध्यान दिन जरुरी छ

आज, हामीसँग संविधान छ जसलाई हामी आरामका साथ हाम्रो नागरिकको घोषणापत्र भन्न सक्छौं । प्रकृया र अन्तरवस्तु दुवैका हिसावले नागरिक घोषणापत्र । प्रकृया यस अर्थमा, नेपालको इतिहासमा पहिलोपटक, नेपालको संविधान जनताद्वारा प्रत्यक्ष निर्वाचित समावेशी संविधानसभाद्वारा निर्माण गरियो । अन्तरवस्तुका हिसावमा यसले दशौं वर्ष लामो संघर्षमा जनताद्वारा प्रदर्शित सपनाहरुलाई संस्थागत गर्‍यो ।

यो घोषणापत्र, जसले जनतालाई सार्वभौमसत्ता र राज्यलाई प्राधिकार बनाउँछ । यो घोषणापत्र, जसले जनताको आकांक्षा अनुसार आवश्यक संशोधनद्वारा निरन्तर सुधार गर्दै लैजान प्रतिवद्ध छ । यो घोषणापत्र, जसले नगारिक भावनाको मूल्य मन्यतालाई प्रवर्द्धन र नेपाली जनताको राष्ट्रिय पहिचानलाई संरक्षण गर्छ ।

हामीले संविधान निर्माणपछिको संक्रमणका साथसाथै गत वर्ष तीन तहको निर्वाचनलाई कुशलतापूर्वक सफल र व्यवस्थित गरेका छौं । चुनावपछि केन्द्र सरकारका साथ प्रादेशिक सरकारहरु बलियो र लोकप्रिय जनमतमार्फत गठन भएका छन् । दशकौंको राजनीतिक अस्थिरता र पीडादायी संक्रमणकालपश्चात हामी अन्ततः स्थिर सरकारको सुखद अवस्थामा छौं, जुन विकासका लागि अति आवश्यक छ ।

यस प्रकारको राजनीतिक प्रकृया पूरा गरिसकेपछि, हाम्रो दृष्टि अब जनताको स्वतन्त्रताको अर्को पाटोमा केन्द्रित छ, मूलतः गरिवी र अविकाशबाट स्वतन्त्रता हासिल गर्ने, कठिनाइ र अभावपूर्ण जीवनबाट स्वतन्त्रता, आधारभूत आवश्यकताहरुको चिन्ताबाट स्वतन्त्र, जीवनको उच्च लक्ष्य पछ्याउनका लागि स्वतन्त्र । यसका लागि, हाम्रो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को विचारलाई साकार पार्नका लागि काम गरिरहेको छ । हामीले हाम्रो विकासको नीति र कार्यक्रममा केही निश्चित क्षेत्रहरुलाई प्राथमिकता तय गरेका छौं ।

हामी पूर्ण सचेत छौं कि, राजनीतिक उपलव्धीको संरक्षणका लागि हामीले छोटो समयमा एक बलियो र स्वस्थ आर्थिक आधार निर्माणबाट मात्र सम्भव छ । हामी हाम्रो सीमित स्रोत साधनका बारेमा पूर्ण जानकार छौं । त्यसैले सीमित श्रोतसाधनको न्यायिक बाँडफाटबारे ध्यान दिन जरुरी छ ।

हाम्रो विकासको प्रयासमा हाम्रा छिमेकीहरु र संसारभरका मित्रराष्ट्रहरुबाट प्राप्त सहयोगका लागि आभारी छौं । हामी आशावादी छौं कि यस्तो सहयोग निरन्तर जारी रहनेछ । मलाई कुनै सन्देह छैन, तपाई सबैसँग सहमत हुनुहुनेछ कि शान्तिपूर्ण र समृद्ध नेपालले मात्र क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिमा योगदान पुर्‍याउन सक्छ ।

मैले भन्नुपर्छ कि हाम्रो दुई देश, नेपाल र भारतबीच, परापूर्वकालदेखि सौहार्द्धपूर्व सहअस्तित्वको सम्बन्ध रहँदै आएको छ । हामी भूगोलका साथै इतिहास, धर्म  संस्कृतिका साथ वाणिज्य सम्बन्धद्वारा जोडिएका छौं । हामी छिमेकी मात्र होइनौं, नजिकका साथीहरु पनि हौं । जनता-जनताबीचको अन्तरक्रिया र आदान-प्रदानहरु विशिष्ट छन्, जसले हाम्रो सम्बन्धलाई युनिक प्रकृतिका स्वरुप प्रदान गरेको छ ।

हाम्रा सम्बन्धको आधार आत्मीयता, भातृत्व, सहयोग र समान सार्वभौमका लागि पारस्परिक सम्मानमा आधारित छ । समयसापेक्ष र हाम्रा जनताको आकांक्षाअनुरुप यस सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनका हामी दुवै देश प्रतिवद्ध छौं । इन्डिया फाउन्डेसन जस्तो थिकंट्याकले नेपाल र भारतको पारस्परिक सम्बन्ध र जनतबीचको सम्बन्धलाई थप विस्तारित र मजबुत बनाउनका लागि अन्य आयामहरुको खोजी गर्न सक्छ ।

(पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा शुक्रबार नयाँदिल्लीमा आयोजित पाँचौं ‘इन्डिया आडिया कन्क्लेभ’मा व्यक्त मन्तव्यको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment