+

एनआरटीमाथि मनाङको महंगो जित

२०७५ मंसिर  १ गते १३:१७ २०७५ मंसिर १ गते १३:१७
एनआरटीमाथि मनाङको महंगो जित

१ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दीले न्यूरोड टीम (एनआरटी)लाई हराएको छ ।

दशैंतिहारपछि सुरु भएको लिगको पहिलो खेलमा मनाङले एनआरटीलाई २-० गोल अन्तरले हराएको हो ।

तर, भर्खर क्लबमा आवद्ध भएका प्रकाश बुढाथोकीको घाइते भएका कारण मनाङलाई यो जित महंगो परेको छ ।

हलचोक मैदानमा भएको सुरुमा नै उनी घाइते भएका हुन् । दायाँ कुममा फ्याक्टर भएको उनले लिगका सबै खेल गुमाउने सम्भावना छ ।

यसअघि मिडफिल्डर सुजल श्रेष्ठ घाइते भएका थिए र उनी पनि ६ साताका लागि मैदान बाहिर छन् ।

खेलमा मनाङले १७ औं मिनेटमा अन्जन विष्टको गोलबाट अग्रता लिएको थियो । ३९ औं मिनेटमा ओलावलेले गोल गरेपछि पहिलो हाफमा मनाङले २-० को अग्रता लियो ।

दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन र मनाङ विजयी बन्यो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय