+
+
Shares

चौतारी लघुवित्तको आईपीओ बाँडफाँट, ५६ हजार ७० जनाले पाए सेयर

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २८ गते १३:३४

२८ मंसिर, काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले शुक्रबार बाँडफाँट गरेको आईपीओ आवेदन दिएकामध्ये ५६ हजार ७० जनाले पाएका छन् ।

कम्पनीको आईपीओमा २ लाख ७३ हजार ५ सय जनाले १ करोड ७१ लाख कित्ताका लागि आवेदन दिएका थिए । आवेदन दिएका मध्ये ५६ हजार ७० जनाले १० कित्ताका दरले पाए भने बाँकी २ लाख १७ हजार ४ सय ३० रित्तो हात फर्किएका छन् ।

संस्थाले मंसिर १९ गतेदेखि २३ गतेसम्म ५ लाख ६० हजार ७ सय कित्ता आईपीओका लागि आवेदन खुला गरेको थियो ।

कुल ६ लाख कित्तामध्ये ९ हजार ३ सय कित्ता शेयर कर्मचारी र ३० हजार कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । रेटिङ एजेन्सी इक्रा नेपालले चौतारीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?