Comments Add Comment

‘गुप्त’मा सुष्माको बोल्ड आइटम

नायिका सुष्मा कार्की अहिले सुस्ताएकी छिन् । सुष्मालाई लिएर नेपाली चलचित्रका निर्माताले लगानी पनि खासै गर्न खोजेको पाइदैन । सुष्मालाई केही समय अघिदेखि नै आइटम गीतमा नृत्य गर्ने जोश बढेको हो । तर, अहिले चलचित्रमा आइटम गीतको औचित्य खासै छैन ।

यसैले पनि सुष्माले चलचित्रमा खासै काम नपाएकी हुन् । तर, प्रदर्शन मिति तय नभएको चलचित्र ‘गुप्त’मा भने नायिका सुष्मा कार्कीले नृत्य गरेकी छिन् । ‘म आँख मारिदिन्छु’ बोलको गीतमा सहिमा श्रेष्ठको स्वर, राज कर्मकारको शब्द तथा साजन शाहको संगीत छ ।

यो चलचित्रमा सुष्माको साथमा भारत कार्की, नाफे खान, सन्दिप सिग्देल, अन्सु थापा लगायतका कलाकारको मुख्य भूमिका छ । राज रोय र भोजराज घिमिरेको निर्देशनमा तयार भएको चलचित्रमा दिपसन डंगोलको छायांकन, शक्ति प्रज्ज्वल घिमिरेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment