Comments Add Comment

०७५ का फ्रेस अनुहार

नेपाली चलचित्र क्षेत्रलाई सपनाको क्षेत्र मानेर हरेक बर्ष दर्जनौ कलाकारको आगमन हुन्छ । चलचित्रमा नायक–नायिका बनेर करिअर चम्काउने, राम्रो दाम र नाम कमाउने सपना धेरैले बोक्छन् । तर, यस्तो सपना देखेका सबैको सपना पुरा हुन्छ भन्ने छैन ।

यो बर्ष नेपाली चलचित्र क्षेत्रमा नयाँ नायिका भित्राउने होडबाजी नै चल्यो । विशेषगरि, नयाँ नायिकाहरु भित्रिनुमा नाम सुनिएका नायिकाहरुले चर्को पारिश्रमिक माग्नु तर उनीहरुको चलचित्र हलमा नचल्नु पनि एउटा कारण हो ।
यो बर्ष करिब २ दर्जन नयाँ अनुहार चलचित्र क्षेत्रमा भित्रिएका छन् ।

१. आरोही शर्माः जेठमा रिलिज भएको चलचित्र ‘हैरान’बाट नायिकाको रुपमा आरोही शर्माले चलचित्र क्षेत्रमा पाइला राखिन् । तर, बक्स अफिसमा यो चलचित्र पूर्ण रुपमा असफल भएपछि आरोहीको करिअर पनि चम्किन सकेन । उनलाई चलचित्रमा लिएर काम गर्न निर्माताले खासै चासो देखाएका छैनन् । उनको करिअरलाई ‘हैरान’ले हैरान नै बनायो ।

२. एलिसा शर्माः म्यूजिक भिडियोमा राम्रै चलेकी मोडल एलिसा शर्मा यो बर्ष चलचित्र ‘ची मुसी ची’बाट चलचित्र क्षेत्रमा पाइला राखिन् । चलचित्रको कथामा समेत डान्सको प्रसंग उठेपछि उनलाई चलचित्रमा राखिएको हो । तर, यो चलचित्र पनि हलमा चलेन । चलचित्र नचलेपछि उनलाई फेरि चलचित्रमा लिने आट निर्माताले गरेका छैनन् । बरु, उनको डान्सको जादु म्यूजिक भिडियोमा नै चलिरहेको छ ।

३. पूजा तिवारीः बोल्नमा निकै नै सिपालु मानिएकी पूजा तिवारी यो बर्ष चलचित्र ‘बेबी आई लभ यू’बाट प्रवेश गरिन् । तर, दर्शकले यो चलचित्रलाई आई लभ यू भनिदिएनन् । दर्शकले मन नपराएपछि पूजाको चलचित्र यात्रा पनि सुखद रुपमा अगाडि बढेको छैन ।

४. सिवानी गिरीः कलाकार उमा वेवीकी छोरी सिवानी गिरी यो बर्ष चलचित्र ‘कही कतै’बाट यो क्षेत्रमा भित्रिइन् । सिवानीको ग्ल्यामर अवतारको चर्चा त भयो, तर अभिनयको फिटिक्कै भएन । यसैले पनि सिवानीका लागि चलचित्रमा फर्किन फेरि उनकै आमा उमा वेवीले नै चलचित्रमा लगानी गरिदिनुपर्ने अवस्था आएको छ ।

५. कुसुम गुरुङः यो बर्ष चलचित्र ‘मेरी मामु’ मार्फत नायिका कुसुम गुरुङको आगमन भयो । कुसुमको सुन्दरताको चर्चा खुबै भयो । तर, चलचित्रले व्यापारिक रुपमा कारोबार नगरेपछि कुसुमलाई पनि लक लागेन ।

६. आश्मा गिरीः चलचित्र ‘ड्रिम गर्ल’बाट नायिका आश्मा गिरीको प्रवेश भयो । वेव सिरिजमा राम्रै चलेपछि आश्माले चलचित्रमा आउने निर्णय गरिन् । तर, उनका लागि यो निर्णय सही सावित बनेन । चलचित्रले हलमा खासै गतिलो व्यापार गरेन । चलचित्र असफल भएपछि आश्मालाई चलचित्र क्षेत्रमा सक्रिय हुन अप्ठ्यारो परिरहेको छ ।

७. एलिजा गौतमः पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले यो बर्ष चलचित्रको यात्रालाई अगाडि बढाइन् । चलचित्र ‘अनुराग’ मार्फत उनले चलचित्रमा पाइला राखेकी हुन् । तर, यो चलचित्र पनि बक्स अफिसमा असफल भयो । चलचित्र असफल भएपनि उनी युटुब इन्टरभ्यूमा भने हिट छिन् । तर, हलमा चलचित्र नचलेपछि उनको यात्रा पनि सुखद बनेन ।

९. सुपुष्पा भट्टः चलचित्र ‘रणवीर’ अगावै नायिका सुपुष्पा भट्टको चर्चा राम्रै भएको थियो । तर, चलचित्र रिलिज भएपछि उनलाई समस्या पर्यो । चलचित्रले उनलाई खासै सफलता दिन सकेन । यसले गर्दा चलचित्र क्षेत्रमा नै लामो यात्रा गर्ने सुपुष्पाको सपनामा केही अप्ठ्यारो परिस्थिती त आएको छ । बरु, एक चर्चित ब्रान्डको विज्ञापनमा उनी देखिइन् ।

१०. सुवेच्छा खड्काः चलचित्र ‘रणवीर’बाट नै नायिका सुवेच्छा खड्काको प्रवेश भयो । ‘ऐश्वर्य’ जस्तो चलचित्र छाडेकी सुवेच्छाले यो चलचित्रबाट धमकेदार इन्ट्रीको अपेक्षा गरेकी थिइन् । तर, चलचित्र असफल भएपछि यी सुन्दरीको यात्रा कठिन बनेको छ । उनी बरु स्टेज कार्यक्रममा नै बढी व्यस्त बनेकी छिन् ।

११. रेवती क्षेत्रीः ‘समर लभ’ जस्तो सफल उपन्यासलाई चलचित्रमा उतार्दा मुख्य पात्रको रुपमा देखिएकी थिइन्, रेवती क्षेत्री । रेवती भारतमा रहेर मोडलिङ गर्दै आएकी थिइन् । यो चलचित्रबाट चम्कने उनको अपेक्षा थियो । तर, चलचित्र सफल नभएपछि रेवतीको यात्रामा पनि समस्या परेको छ ।

१२. उपासना सिंह ठकुरीः चलचित्र ‘क्याप्टेन’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका उपासना सिंह ठकुरीको भविष्य भने सुखद हुने विश्लेषण गरिएको छ । चलचित्रमा उनले गरेको अभिनयको सर्वत्र तारिफ भयो । उपासनालाई ‘कबड्डी’ चलचित्रका मेकरले अफर समेत गरेका छन् । यो बर्ष भित्रिएका नायिकाहरुमा उपासनाका लागि सुखद बनेको देखिन्छ ।

१३. प्रियंका एमभीः चलचित्र ‘क्याप्टेन’बाट नै प्रवेश गरेकी नायिका प्रियंका एमभीले पनि राम्रै चर्चा पाइन् । तर, उनको चर्चा उपासनाको जस्तो भने भएन । प्रियंकाको संभावना पनि चलचित्र क्षेत्रमा बलियो नै छ । तर, उनलाई निर्माता–निर्देशकले पत्याउँछन् या पत्याउँदैनन् हेर्न बाँकी नै छ ।

१४. शिल्पा मास्केः यो बर्ष चलचित्र ‘दि ब्रेकअप’बाट नायिका शिल्पा मास्केको आगमन भयो । हलिउड, बलिउड हुँदै नेपाली चलचित्रमा आगमन गरेकी नायिका शिल्पा मास्केका लागि पनि यो बर्ष लक लागेन । उनले अभिनय गरेको डेब्यू चलचित्र ‘दि ब्रेकअप’ मात्र होइन, दोश्रो चलचत्रि ‘कागजपत्र’ पनि असफल भयो । दुबै चलचित्र असफल हुँदा शिल्पालाई समस्या भने परेको छ । तर, उनले चलचित्र क्षेत्रमा राम्रै स्थान जमाउने विश्वास धेरैको छ ।

१५. निरिषा बस्नेतः कलाकार विश्व बस्नेतकी छोरी निरिषा बस्नेत यो बर्ष चलचित्र ‘जानी नजानी’बाट भित्रिइन् । यो चलचित्र चलेको खण्डमा यो क्षेत्रमा राम्रै स्थान जमाउने अपेक्षा उनको थियो । तर, चलचित्रले बक्स अफिसमा राम्रो कमाई नगर्दा निरिषा निराश भइन् । बोल्ड एन्ड ब्यूटी निरिषाका लागि पनि डेब्यू सुखद बन्न सकेन ।

१६. क्रिस्टिन पौडेलः चलचित्र ‘शुभ लभ’बाट नायिका क्रिस्टिन पौडेलले चलचित्र यात्रा सुरु गरिन् । यो चलचित्रमा उनले ज्योतिष हरिहर अधिकारीलाई जोडी बनाएकी थिइन् । तर, यो चलचित्र असफल हुँदा क्रिस्टिनको पनि चलचित्र क्षेत्रमा लामो यात्रा गर्ने सोचमा धक्का लाग्यो । क्रिस्टिनको सुन्दरताको चर्चा भने राम्रै भयो ।

१७. सुहाना थापाः नायिका सुहाना थापा यो बर्ष चलचित्र ‘ए मेरो हजुर ३’बाट प्रवेश गर्दैछिन् । यो चलचित्र रिलिज भने भैसकेको छैन । तर, चलचित्र रिलिज अगावै उनको अभिनय र नृत्यको चर्चा खुबै छ । सुहानाको वाककलाको पनि तारिफ भैरहेको छ । यसैले पनि सुहानाले यो चलचित्रपछि लामो रेशको घोडाको रुपमा आफूलाई उभ्याउने अपेक्षा गरिएको छ ।

१८. मलिका महत्तः चलचित्र ‘यात्रा’बाट नायिका मलिका महत्तको प्रवेश भएको छ । यो चलचित्र पनि शुक्रबारदेखि रिलिज हुँदैछ । चलचित्र रिलिज नभएपनि मलिकाको क्यूट फेस र अभिनयको चर्चा भैरहेको छ । मलिका पनि लामो रेशको घोडा बन्ने अपेक्षा धेरैको छ ।

यी बाहेक यो बर्ष चलचित्र ‘मालिका’बाट कमला वली, चलचित्र ‘गरुड पुराण’बाट प्रियंका सिंह ठकुरी, चलचित्र ‘सय कडा दश’बाट करुणा श्रेष्ठको प्रवेश भयो । तर, यी नायिकाहरु पनि खासै चल्न सकेनन् । यो बर्ष नेपाली चलचित्र क्षेत्रमा करिब २ दर्जन नायिकाको आगमन भएको छ । तर, यी मध्ये अधिकांशको करिअर फेरि उठ्नेमा शंका व्यक्त गर्न सकिन्छ । चलचित्रमा प्रवेश गर्नु ठूलो कुरा होइन । तर, चलचित्रमा लामो यात्रा गर्नु विशेष हो । यो कुरामा यो बर्ष भित्रिएका अधिकांश नायिकाहरु असफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment