Comments Add Comment

ग्लोबल आइएमईको महोत्तरीको बर्दिवासमा शाखा

२७ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं. २ को महोत्तरी बर्दिवास नगरपालिका वडा नं. १ बर्दिवास चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बर्दिवास शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३६ पुगेको छ ।

महोत्तरी जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पुर्‍याउने उद्धेश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु म्ााझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३६ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२६ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आˆना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे्रलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु म्ााझ सेवा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment