Comments Add Comment

नयाँ बर्ष, नयाँ संकल्पः तपाईंको लागि विशेष हुनेछ नयाँ बर्ष

भित्तामा झुन्डिएको नेपाली पात्रोको अन्तिम पातो पल्टदैछ । यससँगै भित्तामा पात्रो फेरिनेछ । अर्थात नयाँ बर्ष सुरु हुनेछ ।

नयाँ बर्ष तपाईंको लागि कति फलदायी होला ? अहिले नै यसको आंकलन गर्न सकिदैन । यद्यपी आगमी नयाँ बर्षलाई जीवनकै फलदायी बनाउनका लागि तपाईंसँग केही योजना हुनसक्छ । अतः वितेका बर्षहरुमा भएका गल्ती, कमजोरीको समीक्षा गरेर नयाँ बर्षमा त्यस्ता गल्ती नदोहोर्‍याउने प्रण गर्नुभएकै होला । वितेका बर्षमा गरिएका कमजोरीलाई सच्याएर आगमी बर्षमा कुनै ठोस उपलब्धी हासिल गर्ने सोंच बनाउनुभएकै होला ।

हो त, नयाँ बर्षसँगै हामी जीवनमा पनि केही नयाँपन खोज्छौ । वसन्त ऋतुको यो याममा रुख-बुट्यानले पालुवा फेरेझै हामी पनि जीवनमा ताजगी भर्न चाहन्छौ । अतः आगमी बर्षलाई कसरी फलदायी, स्मरणिय र प्रभावकारी बनाउने त ?

यसका लागि तपाईंले केही सूची तयार गर्नुपर्छ, जसले तपाईंलाई उचित मार्गदर्शन गर्न सकोस् । अर्थात सही दिशामा डोहोर्‍याउनका लागि प्रेरित गरोस् । यसका लागि तपाईंले केही त्याग्नुपर्नेछ । र, केही नयाँ प्रयास गर्नुपर्नेछ ।

त्यागौं

हामीले जानेर वा नजानेर धेरै अनावश्यक कुरा अंगालेका हुन्छौ । हाम्रा कतिपय आनीबानी पनि खराब हुनसक्छ । हामीले सोच्ने शैली र ढंग पनि सही हुँदैन । यसर्थ यी खराब कुराहरुलाई त्याग्नैपर्छ ।

यसका लागि तपाईंले एउटा सूची तयार गर्नुपर्छ । उक्त सूचीमा आफ्नो खराब बानीहरु लेख्दै जानुहोस् । जस्तो तपाईं बिहान अबेरसम्म सुत्नुहुन्छ । चुरोट सेवन गर्नुहुन्छ । जथाभावी खानुहुन्छ । व्यायाम गर्नुहुन्न । यस्ता खराब बानीहरुको सूची तयार गरेर त्यसलाई त्याग गर्ने प्रण गरौं ।

आनीबानी बदल्नुहोस्

के तपाईं चुरोट सेवन गर्नुर्हुन्छ ? मदिरा सेवन गर्नुहुन्छ ? खैनी वा सूर्तीजन्य कुनैपनि पदार्थमा तपाईंको लत छ ?

तास खेलेर घण्टौ विताउनुहुन्छ ? मोबाइलमा गेम खेल्ने लत छ ? अनावश्यक गफ गरेर समय कटाउनुहुन्छ ? मोजमस्तीमा व्यर्थ समय र पैसा खर्च गनुहुन्छ ?

यदि त्यसो हो भने आफ्ना यस्ता आनीबानीमा सुधार ल्याउनुहोस् । नयाँ बर्षदेखि आफुले यी कुनैपनि खराब आनीबानी अंगाल्ने छैन भनेर प्रण गर्नुहोस् । किनभने अहिलेको संवेदनशिल अवस्थामा तपाईंलाई यस्ता खराब आनीबानीले संकटग्रस्त बनाउँन सक्छ । अभावग्रस्त बनाउनसक्छ ।

आफ्नो स्वास्थ्य खराब गर्छ । पारिवारिक जीवन तहसनहस बनाउँछ । त्यसैले सर्वप्रथम त आफुले अंगालेका यस्ता खराब बानी त्याग्ने प्रण गर्नुहोस् ।

दिनचर्या बदल्नुहोस्

त्याग्ने कुरा त गरियो । अब नयाँ बर्षदेखि के कस्ता आनीबानी अंगाल्ने त ? यसको पनि सूची तयार गरौं । अतः यसरी तयार गरिएको सूची अनुसार आफुलाई अभ्यस्त गराउने प्रण गरौं ।

सर्वप्रथाम त हामीले आफ्नो दिनचर्या सन्तुलित र सक्रिय बनाउनुपर्छ । किनभने समग्र जीवनको निर्धारण नै हाम्रो दिनचर्यामा निर्भर रहन्छ । खराब दिनचर्या अंगालेका छौ भने, जीवन खराब मोडमा पुग्छ । दिनचर्या सही र सन्तुलित छ भने हामीले चाहे जस्तो नतिजा एवं उपलब्धी हासिल गर्न सक्छौ ।

दिनचर्या भनेको तपाईं बिहान उठ्नेदेखि राती सुत्नेसम्मका सबै कर्महरु समेटिन्छन् । कति बजे उठ्नुहुनछ ? उठेपछि के गर्नुहुन्छ ? के खानुहुन्छ ? के गर्नुहुन्छ ? कति बजे सुत्नुहुन्छ ? यावत कुरा तपाईंको दिनचर्याभित्र पर्छ ।

दिनचर्या अस्तव्यस्त छ भने तपाईंको लक्ष्य एवं उदेश्यहरु पनि धर्मराउन सक्छ । त्यसैले यस्तो दिनचर्यामा आफुलाई अभ्यस्त गरौं, जो सन्तुलित र सही हो ।

अर्थात विहान चाडै उठौं । राती चाडै सुतौ । उठ्ने र सुत्ने तालिका नियमित गरौं । उठेपछि शौच क्रिया सक्ने, व्यायाम गर्ने, नुहाउने, ब्रेकफास्ट लिने जस्ता तालिका अपनाउने गरौ ।

दिनभर सक्रिय रहने, आफ्नो काममा केन्दि्रत हुने, जनसम्पर्क बढाउने जस्ता तमाम कार्यले तपाईंलाई सफलताको नजिक पुर्‍याउँछ ।

यसका साथी आफ्नो निजी जीवनलाई पनि महत्व दिनुहोस् । घर-परिवार, वालबच्चा, श्रीमान् वा श्रीमती, आमाबुवा सबैसँग रमाउने समय पनि छुट्याउनुहोस् ।

जस्तो कि बिहान उठेर नियमित रुपमा व्यायाम गर्ने । योग गर्ने । ध्यान एवं प्राणायाम गर्ने । तपाईंको उमेर २५ बर्ष नाघेको छ भने त तपाईंको लागि यो अनिवार्य हुनसक्छ । बिहान मर्निङ वाक जाने, व्यायाम गर्ने तालिका निश्चित गरौं ।

नियमित रुपमा नास्ता गर्ने बानी अंगालौं । नास्ता स्वस्थ्य, सुपाच्य र पोषणयुक्त होस् । घर बाहिरको खानेकुरा अझ जंकफूड, फास्टफुड होइन, घरमै बनाएको खानेकुरा मात्र खाने प्रण गरौं ।

बूँदागत रुपमा पनि तपाईंले यसरी सूची तयार गर्न सक्नुहुनेछ

१. सुत्ने र उठ्ने तालिका नियमित गर्नेछु ।

आफ्नो सुत्ने र उठ्ने तालिका नियमित नहुन सक्छ । कतिपय त काममा व्यस्त भएर सुत्ने, उठ्ने तालिका अस्तव्यस्त भएको हुनसक्छ । त्यसैले नयाँबर्ष देखि सही समयमा सुत्ने र सही समयमा उठ्ने प्रण गर्नेछु ।

२. सन्तुलित, सुपाच्य खानेकुरा मात्र खानेछु ।

नयाँ बर्षदेखि खानपानमा सर्तक हुनेछु । स्वास्थ्य एवं सुपाच्य खानेकुरामा जोड दिनेछु । घर बाहिरको खानेकुरा खानेछैन । जंकफूडमा बल गर्नेछैन ।

३. बिहान मर्निङ वाक गर्नेछु । नियमित रुपमा व्यायाम, योग गर्नेछु ।

बिहान नियमित रुपमा मर्निङ वाक गर्नेछु । व्यायामलाई निरन्तरता दिनेछु । बिहानको समय नितान्त आफ्नो स्वास्थ्यका लागि छुट्याउनेछु ।

४. दिनभर सक्रिय रहनेछु ।

सक्रिय दिनचर्या विताउनेछु । शारीरिक रुपमा पनि सक्रिय रहनेछु । सानोतिनो काम म आफै गर्नेछु । सामान्य काम अरुलाई अह्राउने छैन ।

५. स्वास्थ्य रहनेछु, औषधी सेवन गर्नेछैन । वा औषधी सेवन गर्ने अवस्था आउन दिनेछैन ।

संभव भएसम्म यो बर्ष म अतिरिक्त औषधीको सेवन गर्नेछैन  । औषधी सेवन गर्नै नपर्ने वा अस्पताल धाउनै नपर्नेगरी स्वास्थ्यमा सतर्कता अपनाउनेछु ।

६. चुरोट, खैनी, मदिरा नियन्त्रण गर्नेछु । वा त्याग गर्नेछु ।

चुरोट पूर्णत त्याग्नेछु । सूर्तिजन्य पर्दाथ सेवन गर्नेछैन । मदिरा पनि पूर्णत त्याग्नेछु । स्वास्थ्यलाई हानी गर्ने, समय र पैसा नष्ट गर्ने कुनैपनि खराब बानी अंगाल्ने छैन ।

७. परिवारसँग क्वालिटी टाइम विताउनेछु ।

परिवारलाई पनि म आफ्नो समय दिनेछु । परिवारसँग क्वालिटी टाइम बिताउनेछु । उनीहरुलाई मेरो अभाव वा अनुपस्थिती अनुभव हुन दिनेछैन ।

८. बर्षमा दुई पटक घरभन्दा टाढा परिवारसहित घुमफिरमा निस्कनेछु ।

परिवारसहित घुमघामको योजना बनाउनेछु । बर्षमा कम्तिमा दुई ठाउँको भ्रमण गर्नेछु ।

९. घतलाग्दा पुस्तक पढ्नेछु ।

पढ्नुपर्ने थुप्रै पुस्तक छन् । समकालिन साहित्यका पुस्तक, दर्शनका पुस्तक, जीवनोपयोगी पुस्तकहरु पढ्नेछु ।

१०. राम्रा साथीहरुको संगत बढाउनेछु ।

राम्रा साथीहरुसँग सार्थक समय बिताउनेछु । उनीहरुसँग छलफल गर्ने र निरन्तर सम्पर्कमा रहने प्रण गर्छु ।

११. सामाजिक सञ्जालको प्रयोग समूचित ढंगले गर्नेछु ।

फेसबुक, ट्वीटर, इन्स्टाग्राममा अनावश्यक झुन्डने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment