Comments Add Comment

स्वरुपराजको नदेखेको धेरै भयो

गीतमा मायाप्रेमको कथा र भाका बढी बिक्छ । यसैको सिलसिला हो, नदेखेको धेरै भयो । खासगरी यो माया प्रेमको गीत हो ।

गीतमा स्वर छ, स्वरुपराज आचार्य र बिन्दु परियारको । यसको संगीत दीपक शर्माले गरेका हुन् । गीतकार हुन्, ईश्वर श्रेष्ठ । म्युजिक एरेन्जर, नरेन्द्र वियोगी ।

उक्त प्रेमिल गीत अब भिडियोमा पनि हेर्न सकिनेछ । गीतलाई प्रकाश धिताले निर्देशन गरेका हुन् । धिताले यसअघि अरु थुप्रै म्युजिक भिडियोमा आफ्नो शिल्प देखाइसकेका छन् ।

यस गीतको भिडियोमा महेश खड्का र इस्टु कार्कीले अभिनय गरेका छन् । प्रेममा चुर्लुम्म डुबेको जोडीले एकअर्कालाई एकछिन नभेट्दा वा नदेख्दा उनीहरुको मनमा कस्तो हलचल पैदा हुन्छ भनेर देखाइएको छ । यसको कोरियोग्राफी उत्सव दाहालले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment