काठमाडौं । इंग्लिस पि्रमियर लिग फुटबलमा इभर्टनले म्यानचेष्टर युनाइटेडविरुद्ध शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा इभर्टनले युनाइटेडलाई ४-० को फराकिलो गोल अन्तरले हराएको हो ।
गोडिन्सन पार्कमा भएको खेलमा इभर्टनले १३ औं मिनेटमा रिचालिसनको गोलबाट अग्रता लिएको थियो । २८ औं मिनेटमा गिल्फी सिगुड्सनले अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा पनि घरेलु टोली हावी भयो । ५६ औं मिनेटमा लुकास डिग्नेले गोल गरे भने ६४ औं मिनेटमा थियो वालकोट्ले गोल गर्दै युनाइटेडलाई स्तब्ध बनाए ।
हारपछि युनाइटेड ३४ खेलबाट ६४ अंकका साथ छैटौं स्थानमा छ र शीर्ष चारमा पर्न थप दबाव हुनेछ । ३५ खेलबाट ४९ अंक जोडेको इभर्टन सातौं स्थानमा छ ।
प्रतिक्रिया 4