Comments Add Comment

हेटाैंडाका हाेटलमा स्वच्छता स्तरीकरण स्टिकर टाँसिने

१८ वैशाख, हेटाैंडा । मकवानपुरका होटल रेष्टुरेन्टमा खाद्य स्वच्छता र स्तरीकरण गर्दै ४ थरीका स्टिकर टास्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जिल्लामा रहेका १५ दिन भित्र होटल तथा रेष्टुरेन्टको अनुगमन गरी प्रतिवेदनको आधारमा होटल, रेष्टुरेन्टको स्वच्छता तथा स्तरिकरणको आधारमा ४ सूचकका स्टिकर टास गरीने भएकाे हाे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा सूचना अधिकारी आकाश काफ्लेले चार थरिको स्टिकरमा ९० भन्दा बढी अंक आउने अतिउत्तम जसलाई ‘क’ बर्गमा विभाजन गरी हरियो तीन तारा स्टिकर दिने र ८० देखि ८९ अंक आउनेलाई उत्तम मानी ‘ख’ बर्गमा विभाजन गरी हरियो दुई तारा स्टिकर दिइने छ ।

यस्तै, ६५ देखि ७९ अंक आउनेलाई मध्यम मानी ‘ग’ बर्गमा बिभाजन गरी हरियो एक तारा स्टिकर दिने र ५० देखि ६० अंक आउने सन्तोषजनक रहने र त्यसलाई ‘घ’ बर्गमा विभाजन गरी पहेलो स्टिकर दिइनेछ ।

खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्ने निर्देशिका २०७४ प्रस्तुत गरिएकाे थियाे । गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यलयका निरीक्षक खगेन्द्रप्रसाद खतिवडाले खाद्य स्वच्छताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

होटल एशोसिएसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका ५० भन्दा बढी हाेेटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको सहभागिता रहेको थियो ।

हेटाैंंडामा खाद्य स्वच्छता र होटल स्तरीकरण कार्यक्रम गर्दै स्टिकर टाँसकाे बारेमा जानकारी गराएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment