Comments Add Comment

एनआईसी एशिया बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिटेन्स सम्झौता

२५ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनीमनी ट्रान्सफर प्रालिबीच स्वदेश तथा विभिन्न मुलुकहरूबाट आएको विप्रेषण रकम यस बैंकका देशभर रहेका २८२ शाखा कार्यालयहरू तथा ४० वटा एक्सटेन्सन काउन्टरमार्फत सरल र सुलभ रूपमा ग्राहकहरूले भुक्तानी पाउने गरी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा भाटभटेनीमनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरे ।

बैंकले मुलुकभर रहेका २८२ शाखा कार्यालयहरू, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर एवं २५ वटा शाखारहित बैंकिङ ईकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment