Comments Add Comment

श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध

३० वैशाख, काठमाडौं । श्रीलंका सरकारले फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि सामाजिक सन्जालमार्फत विवाद हुँदा हिंसात्मक घटना समेत भएपछि सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सकाअनुसार श्रीलंकामा फेसबकु, ट्वीटर, हृवाट्सएप लगायत सन्देश पठाउन मिल्ने अन्य सामाजिक सन्जाल समेत अस्थायी रुपमा प्रतिबन्धित भएका छन् ।

फेसबुकबाट शुरु भएको विवाद बढ्दै जाँदा मुस्लिम समुदायका व्यक्तिले चलाएका पसल स्टोरमा ढुंगा हान्नेदेखि कुटपिटसम्मका घटना भएपछि सामाजिक सन्जाल बन्द गराइएको हो । श्रीलंकाली अधिकारीहरुले फेसबुकबाट घृणा फैलाउने ३८ वर्षीय अब्दुल हमिद महोम्मद हसमरलाई पक्राउ गरिएको छ ।

उनले अनलाइनमा कमेन्ट गर्दै भनेका थिए-एक दिन तिमीहरु रुनेछौ ।’ मानिसहरुले यसलाई धम्कीको रुपमा लिएर सामाजिक सन्जालमा आरोप प्रत्यारोमा उत्रिएका थिए । आइतबार अबेर र सोमबार विहानसम्म सरकारले कुरुनेगाला जिल्लाबाट सामाजिक सन्जालमार्फत घृणा फैलाउने व्यक्तिहरुको समूहलाई नै पक्राउ गरेको छ ।

श्रीलंकामा अहिले पनि बिभिन्न ठाउँमा हिंसात्मक घटनाहरु भइरहेका छन् । मुस्लिम समुदायका मान्छेले आफूहरुलाई सामाजिक सन्जालबाट निरन्तर धम्कीहरु आइरहेको गुनासो गरेका छन् । सरकारले यस्ता हल्लाहरु फैलिन नदिन सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।

श्रीलंकाको प्रमुख मोबाइल फोन अफरेटर डाइलगले आफूहरुमाथि भाइबर, इमिो, स्न्यापच्याट, इन्स्टाग्राम, युट्युब लगायतका अन्य सामाजिक सञ्जाल पनि अर्को सूचना नआएसम्म बन्द गर्न निर्देशन आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment