
काठमाडौं । सोलुखुम्बुको खुम्बुपासाङ गाउँपालिकाको गीत सार्वजनिक भएको छ । गाउँपालिकाको भौगोलिक विशेषता, प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृतिलाई समेटेर गीत तयार पारिएको छ ।
गीतको शब्द पुरुषोत्तम सानुले लेखेका छन् । ज्योती प्रकाशको संगीत रहेको गीत प्रताप दासले गाएका छन् ।
जेठ १३ गते सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गीत विमोचन गरेका थिए । म्युजिक भिडियो भने जनता डिजिटलले हाइलाइट्स नेपालको युट्युब च्यानलबाट जेठ २० गते सार्वजनिक गरेको छ ।
खुम्बु पासाङ गाउँपालिकाका अध्यक्ष ङमि दोर्जी शेर्पा र उपाध्यक्ष टासी ल्हामु शेर्पाले यस्ता खालका गीतबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । म्युजिक भिडियोका अधिकांश दृष्य पुरुषोत्तम सानु आफैंले खिचेका छन् ।
हेर्नुहोस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4