+
+
Shares

के अम्पायरको खराब निर्णयको शिकार भयो वेस्ट इन्डिज ?

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते १४:३४

२४ जेठ, काठमाडौं । वेस्ट इन्डिजका अलराउण्डर कार्लोस ब्रेथओएटले विश्वकप खेलमा अस्टे«लियासँगको हारको कारण अम्पायरको खराब निर्णय रहेको बताएका छन् ।

बिहीबार अस्ट्रेलियासँगको खेलमा २८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ओभर सकिँदा ९ विकेट गुमाएर २७३ रन मात्रै बनाउन सक्यो । खेलपछि क्रिकेट जानकारहरुले अम्पायरको निर्णयको आलोचना गरिरहेका छन् ।

ब्रेथवेटले अम्पायरको खराब निर्णयपछि पनि टिम सम्हालिएर खेलिरहेको तर यस्ता निर्णयले खेलमा ठूलो असर गर्ने बताए ।

वेस्ट इन्डिजका पूर्व क्रिकेटर टेस्ट लिजेण्ड माइकल होल्डिङले पनि अम्पायरको निर्णय असाध्यै कमजोर रहेकैले वेस्ट इन्डिजले १५ रनले खेल गुमाउनु परेको बताएका छन् ।

ब्रेथओएट

वेस्ट इन्डिजले ब्याटिङ गरिरहँदा अम्पायरले दिएका चार निर्णय त ‘रिभ्यू’ मार्फत उल्टिएको समेत थियो । क्रिस गेल २१ रनमा आउट हुनुअघिको बल ‘नो बल’ रहे पनि अम्पायर क्रिस गाफानेले नो बल दिएका थिएनन् । लगत्तैको फ्रि हिट हुनुपर्ने बलमा एलबीडब्लू आउट हुँदा पनि बल लेग स्टम्पको दिशामा थियो, तर अम्पायर कलमा निर्णय आउट रह्यो ।

त्यसअघि पनि मिचेल स्टार्ककै बलमा क्रिस गेललाई दिइएको दुई आउट भने रिभ्यूपछि उल्टिएको थियो ।

‘मलाई थाहा छैन यो भन्न मिल्छ कि मिल्दैन तर अम्पायरको निर्णय असाध्यै खराब रह्यो । लगातार तीन निर्णय खराब हुनु भनेको विश्वकपमा कति दुःखद होला त ?’ ब्रेथओएटले भनेका छन् ।

‘हुन त जसरी मैदानमा हामीले सकेसम्म राम्रो खेल्ने सोचेर गएका हुन्छौं अम्पयारले पनि जति सक्दो राम्रो निर्णय दिने सोचेर नै बसेका हुन्छन् । त्यसैले अम्पायरसँगको रिस होइन । तर पनि निर्णय खराब हुँदा असर त परि नै हाल्छ’ उनले भने ।

ब्रेथओएट आफूहरुको बलिङको समयमा पनि २४ वाइड हुनुमा अम्पायरको कतिपय निर्णय खराब रहेको बताए । ‘मलाई माफ गरिदिनु होला, तर भन्नै पर्छ यस्तो निर्णयले क्रिकेटलाई राम्रो गर्दैन, प्याडमा लाग्न पाएको छैन, अम्पायरको औँला आउटमा उठिसकेको हुन्छ, अचम्म छ । तर हाम्रो बलिङको बेला विपक्षीको प्याडमा बल लाग्दा भने अपिल नै गर्दा पनि कुनै वास्ता छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?