Comments Add Comment

धोनीको ब्याटिङप्रति सन्तुष्ट छैनन् सचिन

८ असार, काठमाडौं । अफगानिस्तानविरुद्ध भारतले ११ रनको संघर्षपूर्ण जित हात पार्‍यो तर, कप्तान विराट कोहलीलाई छाडेर अरु ब्याट्सम्यान निरिह देखिए ।

साउथह्याम्पटनको स्लो पिचमा स्पिनरको सामना गरेका रोहित शर्मादेखि एमएस धोनीसम्म फेल भए । धोनी र केदार जाधव पिचमा लामो समय रहे तर, रन जोड्न सकेनन् ।

धोनीले ५२ बलमा २८ रन बनाए भने जाधवले ६८ बलमा ५२ रनको पारी खेले ।

भारतको कमजोर प्रदर्शनलाई लिएर लेजेन्ड ब्याट्सम्यान सचिन तेन्दुलकरले असन्तुष्टि जनाएका छन् । इण्डिया टुडेसँग कुरा गर्दैै उनले धोनी र केदार जाधवको ब्याटिङप्रति निराशा व्यक्त गरेका छन् ।

दुबै ब्याट्सम्यान अफगान स्पिनरमाथि कहिल्यै हावी हुन नसकेको भन्दै सचिनले भनेका छन्, ‘म थोरै निराश छु । यो भन्दा राम्रो हुनसक्थ्यो । धोनी केदार जाधवको साझेदारीलाई लिएर खुसी छैन । भारतले ३४ ओभर स्पिनरको बलमा ब्याटिङ गर्‍यो र मात्र ११९ रन बनायो । खेल्दा हामी सहज थिएनौं र कुनै पनि सकारात्मक देखिएन ।’

सचिनले भनेका छन् कि ३८औं ओभरमा कोहली आउट भएपछि ४५ ओभरसम्म मानौ रन नै बनेको छैन । उनले भने, ‘मध्यक्रमका ब्याट्सम्यानले टिमलाई दबावमा पारे ।’

अन्तिम ओभरमा मोहम्मद शमीले ह्याट्रिक विकेट लिएका कारण मात्र भारत हारबाट जोगियो । अन्यथा अफगानिस्तान ऐतिहासिक जित नजिक पुगिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment