Comments Add Comment

काबुलमा भीषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

१७ असार, काठमाडौं । आफगानिस्तानमा सोमबार बिहान भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको ज्यान गएकाे छ । कम्तीमा ६८ जना घाइते भएका छन् ।

विस्फोटक पदार्थ बोकेको एक कार राजधानी काबुलमा विस्फोटन भएको हो । विस्फोटमा घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

टोलो समाचार समितिका अनुसार विस्फोटपछि आक्रमणबारीहरु एक निर्माणाधीन भवनमा छिरेका थिए । सोही स्थानमा सुरक्षाबल र आक्रमणकारीबीच दोहोरो गोली हानाहानसमेत भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहानपछि पुगेका सुरक्षाकर्मीले घर हेला हालेर स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

तालिवानीले घटनाको जिम्मेवारी लिँदै अफगान सैनिकलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment