News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गरेको छ ।
- बैठकले कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ प्रदेशसभामा पेस गर्न समेत स्वीकृति प्रदान गरेको छ ।
१ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
उनका अनुसार कर्णाली प्रदेश आर्थिक विधेयक २०८३ र कर्णाली प्रदेश विनियोजन विधेयक २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ । बजेट पारित भएसँगै अब प्रदेश सभा बैठकमा प्रस्तुत गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4