Comments Add Comment

कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्ट

२१ असार, कैलाली । कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षतामा विक्रम विष्ट चयन भएका छन् ।

संघको विशेष साधारण सभाबाट विष्ट निर्विरोध अध्यक्षमा चयन भएका हुन् । शनिबार धनगढीमा भएको विशेष साधारण सभाबाट १५ सदस्यीय जिल्ला कार्य समिति पनि निर्विरोध चयन भएका छन् ।

संघको उपाध्यक्षमा बाबुराजा श्रेष्ठ, सचिव देवनारायण झा र कोषाध्यक्षमा सम्भु लामिछाने चयन भएका छन् । त्यसैगरी संघको सदस्यहरुमा भरत जोशी, अनिल कुमार भुजानिया, रुपक विष्ट, गोविन्दराज जोशी, निरज थापा, लोकवहादुर खड्का, हरि रेग्मी, गणेश रजक, ज्ञानेन्द्र क्षेत्री, हेमराज जोशी र महेश बोहोरा निर्विरोध चयन भएको प्रदेश उपाध्यक्ष रतन कठायतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment