+

अध्यक्षका उम्मेदवार कुमार पक्ष एन्फा निर्वाचनमा सहभागी नहुने

२०८२ चैत  १२ गते १३:५० २०८२ चैत १२ गते १३:५०
अध्यक्षका उम्मेदवार कुमार पक्ष एन्फा निर्वाचनमा सहभागी नहुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दीर्घबहादुर केसी पक्षलाई निलम्बन गरेपछि उनीहरू एन्फा निर्वाचनमा सहभागी नहुने भएका छन्।
  • राखेपले खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) अनुसार एन्फा नेतृत्वलाई ३ महिनाका लागि निलम्बन गरेको छ।
  • पंकजविक्रम नेम्वाङ पक्ष भने निर्वाचन गराउने तयारीमा रहेको छ।

१२ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निलम्बन गरेपछि दीर्घबहादुर केसी (कुमार) पक्ष बिहीबार हुने एन्फा निर्वाचनमा सहभागी नहुने भएको छ ।

राखेपले निलम्बन गरेपछि झापामा हुन लागेको निर्वाचनमा सहभागी नहुने अध्यक्षका उम्मेदवार कुमारले जानकारी दिए ।

‘राखेपले संघ नै निलम्बन गरेको छ । सरकारी निकायले नै चुनाव नगर भनेको छ । त्यही भएर सहभागी नहुने हो’ कुमारले भने ।

राखेपबाट निलम्बनमा परेपनि अहिलेको पंकजविक्रम नेम्वाङ पक्ष भने निर्वाचन गरिछाड्ने कसरतमा छ ।

पटकपटक दिएको निर्देशन पालना नगरेपछि राखेप कार्यकारी समितिको बुधबार बसेको बैठकले खेलकुद विकास ऐन २०७७ को दफा २९ को (२) अनुसार एन्फा नेतृत्वलाई ३ महिनाका लागि निलम्बन गरेको थियो ।

एन्फा निर्वाचन विवाद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय