+
+
Shares

आँचलले पाइन् बेष्ट फ्रेन्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते ११:३२

नायिका आँचल शर्मा नेपाली चलचित्र क्षेत्रमा चर्चित छिन् । पछिल्लो रिलिज चलचित्र ‘दाल भात तरकारी’पछि आँचल अहिले म्यूजिक भिडियोमा नै मस्त छिन् । आँचल शर्मा सामाजिक संजाल र युटुबमा सक्रिय छिन् । उनले अभिनय गरेका म्यूजिक भिडियोहरु युटुबमा धेरै नै सार्वजनिक भैरहेका हुन्छन् ।

उनै, आँचलले आफ्नो दैनिक अपडेट आफ्ना फ्यानलाई सामाजिक संजालबाट पनि गरिरहेकी छिन् । यसैविच, आँचलले आफूले बेष्ट फ्रेन्ड भेटेको उल्लेख गरेपछि उनका फ्यानलाई चासो बढेको छ । आँचलले उदिप श्रेष्ठलाई आफ्नो सबैभन्दा मिल्ने साथी भनेकी छिन् ।

आँचलले इन्स्टाग्राममा राखेको तस्वीरमा उनी उदिपसँग खुशी देखिएकी छिन् । नेपाली चलचित्रमा आँचलका नायिका साथी नै धेरै छन् । नायक पल शाहसँग उनको प्रेम सम्बन्धको चर्चा चलेपनि अहिले सेलाएको छ । आँचलले बेष्ट फ्रेन्डसँग खुशी देखिएकी छिन् । उनीहरुको मित्रतामा कसैको आँखा नलागोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?