
साउन १७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘रातो गलबन्दी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यो गीतमा राजेशपायल राई र श्रेया राइको स्वर, विनोद खुम्बुको संगीत, लोकराज अधिकारीको शब्द छ । सामाजिक प्रेमकथामा यो चलचित्र तयार भएको छ ।
चलचित्रमा नायिका केकी अधिकारी, कोसिस क्षेत्री र वुद्दि तामाङको मुख्य भूमिका छ । सार्वजनिक गीतको भिडियोलाई गोबिन्द राइले कोरियोग्राफी गरेका हुन् । यो चलचित्रलाई नव–निर्देशक अनिश थापाले निर्देशन गरेका हुन् ।
मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा किरण माइकलको लेखन, हिमाल कडरियाको कथा, सुमन तामाङको छायांकन, अष्ट महर्जनको एक्सन छ । निर्देशक थापाले चलचित्रलाई मनोरञ्जन र सन्देशमा केन्द्रित रहेर तयार पारिएको बताए ।
चलचित्रको छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4