Comments Add Comment

दुःखमा परेको साथीलाई कसरी साथ दिने ?

हामी अरुलाई आश्वसन दिन्छौं । एकक्षणका लागि खुसी बनाउँछौं । यद्यपी यस्तो खुसीको आयु लामो हुँदैन । किनभने हामीले आश्वसन त दिन्छौं, त्यस अनुरुप साथ र सहयोग गर्दैनौं । यस्तो अवस्थामा हामीले दिने आवश्वसन घातक सावित हुनसक्छ । खासगरी दुःखमा रहेको व्यक्तिलाई, संकट झेलिरहेको व्यक्तिलाई झुटो आश्वसन दिएर एकछिन खुसी बनाउने चेष्टा गर्नु हुँदैन ।

त्यसो त मान्छेको मुड र अवस्था सधै एकनास रहँदैन । कहिले मान्छे फुरुंग हुन्छन्, कहिले उदास । कहिले मान्छे उत्साहित हुन्छन्, कहिले हतोत्साही । मान्छेको मुड नबुझी हामीले गर्ने कतिपय बोली र व्यवहार हानिकारक पनि हुनसक्छ ।

जस्तो तपाईंको कुनै साथी दुःखी छिन् । उनी संकटग्रस्त अवस्थामा छन् । दुःख-पीडाबाट गुजि्ररहेका साथीसँग कुरा गर्दा वा उनको सामुन्ने प्रस्तुत हुँदा केही कुरामा ख्याल राख्नुपर्छ । यो मानविय व्यवहारको कुरा हो ।

यतिबेला मान्छेको मुड खराब हुन्छ । उनीहरु संवेदनशिल अवस्थामा हुन्छन् । जब तपाईंले केही अपि्रय वचन बोल्नुहुन्छ वा कुनै कुरा असावधानीवस तपाईंको मुखबाट फुत्किन्छ, त्यसले उनको भावनामा ठेस पुग्नसक्छ ।

मानविय हिसाबले तपाईंले उनको दुःखमा साथ दिनुपर्छ । उनलाई दुःखबाट बाहिर ल्याउने यत्न गर्नुपर्छ । तर, यस्तो कुनै कुरा बोल्नु हुँदैन, जसले उनलाई दुःखकै अवस्थामा पुर्‍याउँछ ।

कुनै कुराको आवश्यक्ता भए मलाई बताउनु

‘कुनै आवश्यक्ता परेमा मलाई भन्नु है ।’ सामान्यत यो कुरा बोल्नु राम्रो हो । यद्यपी तपाईंले यही वचन कुनै दुःखमा परेको साथीलाई भन्नु मनासिव होइन । यस्तो वचन नबोल्नु नै राम्रो हो । यसरी वचनले आश्वसन दिनुभन्दा उनलाई केही नभनी कामले पुष्टि गर्नुहोस् कि, आवश्यक्ता परेको बेला तपाईंले साथ दिनुहुनेछ । उनको लागि केही सहयोग गर्नुहोस् तर मुखले आश्वसन नदिनुहोस् ।

तिमी एकदम हिम्मतिला छौं

मानौ तपाईंको साथी दुःखी छन् । एक्लो अनुभव गरिरहेका छन् । यस्तो अवस्थामा तपाईंले भन्नै हुँदैन कि, ‘तिमी एकदमै हिम्मतिला छौं, तिमीले यस्तो परिस्थितीको सजिलै सामना गर्न सक्नेछौ ।’ यसले उनको दुःखलाई कम गर्दैन, बरु बढाइदिन्छ । बरु यसरी झुटो कुरा गर्नुको साटो तपाईंले विश्वास दिलाउनुपर्छ कि तपाईं उनको साथमा हुनुहुन्छ ।

उसले आफ्नो जिन्दगी बाँच्यो

मानौ आफन्तको वियोगले साथीलाई विक्षिप्त बनाएको छ । आमाबुवा, श्रीमान्-श्रीमती, छोराछोरीमध्ये कोही आफन्त गुमाउनुको गहिरो पीडामा छन् उनी । यस्तो बेलामा तपाईंले भन्नु हुँदैन कि, ‘उसले आफ्नो जिन्दगी बाँचेर गयो ।’ यो कुराले उनलाई गुमाएको आफन्तको झझल्को अरु ताजा भएर आउँछ । यसले उनलाई अरु दुःखमा पुर्‍याउँछ ।

मलाई थाहा छ कि तिमीले कस्तो महशुष गरिरहेको छौ ?

मानौं तपाईंका साथीले आफन्त गुमाएका छन् । उनी विक्षिप्त अवस्थामा छन् । दुःखी छन् । यस्तो अवस्थामा साथीलाई नभन्नुहोस् कि, ‘म बुझ्न सक्छु कि तिमी कस्तो महसुष गरिरहेको छौ ?’

यो कुराले साथीलाई दुःखबाट उन्मुक्ति मिल्दैन । बरु दुःख घटाउनका साटो यसले दुःख बढाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment