Comments Add Comment

गृह सचिव भन्छन्– देशमा पूर्ण शान्ति छैन

Photo Credit : चन्द्र आले/अनलाइनखबर । गृह मन्त्रालयमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा गृह मन्त्री रामबहादुर थापा, गृह सचिव प्रेमबहादुर राईलगायत सहभागीहरू ।

७ साउन, काठमाडौं । गृह मन्त्रालयले देशको शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको दाबी गरेको छ । विप्लव समूह मूलधारमा आएपछि मात्र पूर्ण शान्ति कायम हुने गृहका अधिकारीको भनाइ छ ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव प्रेमकुमार राईले भने, ‘हामीले विगतभन्दा बेटर मात्र भनेका छौं । पूर्ण शान्ति बनाउन भूमिका खेल्नुपर्छ । विप्लव समूहहरु जब मूलधारमा आउनुहुन्छ, त्यसपछि मात्र शान्ति सुरक्षाले पूर्णता पाउँछ । हामी त्यसतर्फ लागिरहेका छौं ।’

उनले अध्यागमन क्षेत्रमा पनि विगतभन्दा धेरै सुध्रिएको दाबी गरे । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विमती पनि नरहेको सचिव राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment