Comments Add Comment

राहत लिएर मन्त्री ज्ञवाली र बराल प्रभावित क्षेत्रमा

Photo Credit : अनलाइनखबर फाइल

७ साउन, गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकाको बिभिन्न स्थानमा पहिरो प्रभावित क्षेत्रमा काठमाडौंबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रातहसहित प्रभावित क्षेत्रमा पुगेका छन् ।

मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह-सचिव इन्दु घिमिरे, डक्टर रेशम ज्ञवाली, मन्त्रीका प्रेस सल्लाहाकार सुदन ज्ञवालीसहितको टोलि लिएर प्रभावित क्षेत्रमा पुगेका हुन् ।

त्यस्तै प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुर्दशन बराल औषधि, टेन्ट र भाँडाकुडालगायत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ लागेका हुन् ।

मन्त्रीहरुले प्रभावित क्षेत्रमा पुगेर उनले स्थलगत अबलोकन गर्नुका साथै प्रभावित परिवारलाई राहत सामाग्री बितरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रीका प्रेससल्लाहकार सुदन ज्ञवालीले बताए ।

मन्त्रीहरु ज्ञवाली र बरालले जिल्लाको सत्यवति गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा जुटन आग्रह गरे । गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवाली र बरालको निर्वाचन क्षेत्र हो ।

पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ घरमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ ।

पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका अरु राजनितिक पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment