Comments Add Comment

इंग्ल्यान्डविरुद्ध आयरल्यान्डले टेष्ट क्रिकेट खेल्दै

Photo Credit : Getty images

७ साउन, काठमाडौं । क्रिकेट जगतमा उदीयमान देश आयरल्यान्डले क्रिकेटको ‘मक्का’ भनेर चिनिने लर्ड्समा भोलि इंग्ल्यान्डसँग टेष्ट क्रिकेट खेल खेल्दैछ ।

लण्डनस्थित लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध पहिलो पटक टेष्ट क्रिकेट खेल्न लागेको हो । यसअघि पाकिस्तानसँग टेष्ट क्रिकेट खेल्दै आयारल्यान्डले डेब्यु गरेको थियो ।

टेष्ट क्रिकेटको अघिल्लो दिनभने इंग्ल्यान्डका फाष्ट बलर जेम्स एनडर्सन घाइते हुदै टिमबाट बाहिरिएका छन् । यसले आयरल्यान्डलाई भने केही फाइदा पुगेको छ ।

सन् २०१७ मा टेष्ट नेशनको मान्यता पाएको आयरल्यान्डले अहिलेसम्म दुई वटा मात्रै टेष्ट खेल खेलको छ । सन् २०१८ को मे मा भएको डेब्यु टेष्ट खेलमा आयरल्यान्ड पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो ।

त्यस्तै, यसै वर्षको मार्चमा भएको दोस्रो टेष्ट खेलमा अफगानिस्तानसँग आयारल्यान्ड ७ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment