Comments Add Comment

बलिउड अभिनेत्रीहरु कसरी आकर्षक देखिन्छन् ?

त्यसै पनि बलिउडका अभिनेत्रीहरु फेसनको सन्दर्भमा एक कदम अगाडि छन् । सार्वजनिक समारोहमा होस् अथवा फिल्मको पर्दामा नै किन नहोस्, उनीहरु प्रँयः सधैं फेसनेवल नै देखिन रुचाउँछन् । यहाँ हामी केही नयाँ तथा केही पुराना अभिनेत्रीहरुको फेसन तथा ब्युटी सेक्रेटको बारेमा चर्चा गर्दैछौं ।

प्रियंका चोपडा

अभिनेत्री पि्रयंका चोपडा स्टाइलिस देखिनका लागि प्राय वेस्टर्न पहिरन लगाउने बताउँछिन् । उनलाई सामान्य अवस्थामा क्याजुअल वेयर पनि मन पर्छ । यद्यपि, कुनै सार्वजनिक समारोहहरुमा जानु पर्‍यो भने उनी साडी लगाउन मन पराउँछिन् ।

उनलाई सेम्पेन कलरको साडी लगाउन मनपर्छ । वेस्टर्न वेयरमा भने उनलाई कालो रंग मनपर्छ । उनी प्रायः स्टिलेट्टो ब्रान्डाका जुत्ता तथा हिल लगाउँछिन् । अधिकांश आउटफिटका लागि ब्राण्डमा खासै ध्यान नदिने स्वभावकी पि्रयंकालाई पर्फूयम तथा घडी भने ब्रान्डेड नै मनपर्छ । उनी आफ्नो हृयाण्ड ब्यागमा हेयर ब्याण्ड, पर्स, मोबाइल, मेकअप किट तथा भिटामिन प्रायः छुटाउँदिनन् ।

करिना कपूर

एउटा छोराको आमा भैसकेकी अभिनेत्री करिना कपूर कम्मरमा लगाइने बेल्टीको ठूलो सौखिन हुन् । उनको घरको दराज डिजाइन-डिजाइनका बेल्टहरुले भरिएको छ । त्यसमा पनि फेन्सी बकल भएका बेल्टहरुको संख्या अत्यधिक छ ।

करिना लाई मेकअप तथा गरगहनाप्रति खासै रुची छैन । उनी प्रँयः आफूलाई आरामदायक हुने तथा राम्री र स्टाइलिस देखिने पहिरन लगाउन रुचाउँछिन् । उनलाई जाडो मौसममा डेनिमका ज्याकेट लगाउन मनपर्छ । उनलाई ट्राउजर पनि मनपर्ने पहिरन हो । उनी प्रँयः आफूलाई स्लिम देखाउनु पर्‍यो भने कालो रंगको ट्राउजर लगाउने बताउँछिन् ।

सोनम कपूर

वैवाहिक जीवनमा रमाइरहेकी अभिनेत्री सोनम कपूर प्राय सधैं स्मार्ट तथा राम्री देखिन प्रयास गर्छिन्  । सोनमका अनुसार फेसनेवल तथा स्टाइलिस देखिनका लागि सधैं फिट रहनु आवश्यक छ । त्यसैले उनी आफूलाई मनपर्ने पहिरन आत्मविश्वासका साथ लगाउँछिन् ।

कुनै बेला ओभर वेटकी शिकार भैसकेकी सोनमले खानपिनमा नियन्त्रण गर्नुका साथै नियमित ब्यायाम गरेर आफूलाई स्लिम बनाउन सफल भएकी थिइन् । अहिले पनि उनी बिहान केही समय ब्यायाम गर्छिन् । विवाहअघि उनले कत्थक नृत्य पनि सिकेकी थिइन् ।

कत्थक नृत्य सिक्ने क्रममा उनले आफूलाई अझ बढि फिट राख्न सफल भएकी थिइन् । सोनमको एउटा साह्रै रमाइलो स्वभाव छ, उनी कुनै पनि कुराको तनाव नै लिन्नन् । यदि कुनै कुराले तनाव दिन खोज्यो भने उनी योगा गर्न थाल्छिन् । योगाले आफूलाई मानसिक रुपमा शान्त बनाउने उनको बुझाइ छ । आफूलाई भित्र तथा बाहिरबाट स्वस्थ राख्न सकेमा जस्तो सुकै पहिरनले आफूलाई सुन्दर देखाउने सोनमको बुझाइ छ ।

विद्या बालन

अभिनेत्री विद्या बालनको सबैभन्दा मनपर्ने पहिरन नै साडी हो । उनलाई डिजाइनर साडी लगाउन मनपर्छ । त्यसमा पनि गाढा रंगको साडीको उनलाई सबैभन्दा पि्रय लाग्छ । आफूलाई खासै स्टाइलिस तथा फेसनेवल नमाने पनि उनी फेसनमा आएको परिवर्तनलाई भने नजिकबाट नियालिरहेकी हुन्छिन् । उनी प्रँयः आफूलाई आराम अनुभव हुने पहिरनलाई प्राथमिकता दिन्छिन् । साडीमा आफू अति नै सहज महसुस गर्ने भएकाले उनी प्रँयः सार्वजनिक समारोहमा यही पहिरनमा देखिने गर्छिन् ।

मलाइका अरोरा

अभिनेत्री मलाइका अरोराको कुरा केही बेग्लै छ । उनका अनुसार उनी आफूलाई स्मार्ट बनाउनका लागि सधैं तनावरहित बस्न चाहान्छिन् । यदि भित्रबाटै तनावग्रस्त भयो भने त्यो आफ्नो अनुहारमा झल्किन्छ, मलाईका अनुसार त्यसैले सधैं भित्रैबाट खुशी हुन्छ, जसको प्रभाव तपाईंको अनुहारमा समेत स्पष्ट देख्न सकिन्छ ।

राती सुत्नुभन्दा अघि उनी आफ्नो अनुहार सफा पानीले धुन कहिले बिर्सिन्नन् । यो पनि उनको एउटा ब्यूटी सेक्रेट नै हो । उनी आफ्नो तैलीय छाला भएको अनुहारलाई सुन्दर बनाउन ओयल-पि|m मोइस्चराइजरको प्रयोग गर्छिन् ।

उनी हप्ताको तीन दिन जीमखाना गएर प्रसस्त पसिना बगाउँछिन् । शरीरबाट जति धेरै पसिना बगायो, छाला त्यति सुन्दर हुने उनको बुझाइ छ । जीमबाहेक उनी आफूलाई स्मार्ट राख्न नियमित योगा समेत गर्छिन् । उनी जंक फुड सकेसम्म खान्नन् । बिहान उठ्ने बित्तिकै कागतीको रस र मह हालिएको तातो पानी पिउनको धेरै पुराना बानी हो, जुन आजसम्म जारी छ ।

फेसन र स्टाइलको प्रसंगमा मलाइका पछिल्लो पुस्ताका अभिनेत्रीहरुभन्दा एक कदम अघि छिन् । उनी बजारमा देखिने फेसन पछिल्लो ट्रेण्डहरुलाई फलो गरिरहिन्छन् । मिलेको शरीरका कारण उनी हरेक प्रकारका परिहनमा उत्तिकै स्टाइलिस देखिन्छिन् । उनलाई भने क्याजुअल वेयर लगाउन मनपर्छ ।

श्रद्धा कपूर

अभिनेत्री श्रद्धा कपूर पनि आफूलाई सहज हुने पहिरन लगाउन रुचाउँछिन् । प्रकृतिको नजिक रहेर आफू फेसनलाई फलो गर्ने उनको तर्क छ । उनलाई जिन्सका पहिरनहरु मनपर्छ । उनीसंग जिन्सका पहिरनको राम्रै कलेक्सन छ ।

उनी आफ्ना जिन्सका पहिरनहरु पुराना भए पनि त्यसलाई आफ्ना दराजबाट झिकेर फाल्न चाहान्नन् । हरेक पहिरनमा एउटा सानो ब्याग बोक्न नछाड्ने श्रद्धा आफ्नो शरीरलाई सुहाउने शैलीका पहिरनमात्र लगाउँछिन् । आफ्नो शरीरमा कुन पहिरन सुहाउँछ अथवा सुहाउँदैन भन्ने कुरा जान्नु अति नै आवश्यक हुने उनको बुझाइ छ ।

रेखा

पुरानी अभिनेत्री रेखा बलिउडका दर्जनौं अभिनेत्रीहरुकी स्टाइल आइडल हुन् । उ बेला रेखा आजको मितिसम्म पनि उत्तिकै स्टाइलिस मानिन्छिन् । फिल्मको सुटिङ स्पटदेखि पार्टिसम्म रेखाले आफ्नो पृथक फेसन शैली अपनाउने गर्छिन् । प्राय साडीमा सजिन रुचाउने रेखा आफूले लगाउने पहिरनहरुको छनोट आफैं गर्छिन् । यसबाहेक उनको मेकअप गर्ने शैली पनि पृथक नै छ । पहिरन र मेकअपसंग मिल्दोजुल्दो गरगहना लगाउनु रेखाको ठूलै खुबी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment