Comments Add Comment

साउन १७ र १८ मा ‘स्टडी इन नेपाल’ मेला

१५ साउन, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा आगामी साउन १७ र १८ गते नेपालमा उच्च शिक्षा लिन चाहाने विद्यार्थीलाई लक्ष्ँित गरी शैक्ष्ँिक मेला हुने भएको छ ।

मेलाको मुख्य आयोजकह/m भिजन मिडिया इन्कर्पोरसन एन्ड एजुकेशन डट कम रहेको छ । ‘लर्न लोकल्ली, फिट ग्लोबल्ली ‘ भन्न्ने मुख्य उद्देश्यका साथ ‘स्टडी इन नेपाल’ मेला आयोजना गर्न लागिएको हो ।

मेलाको टाइटल स्पोन्सर आईआईएमएस कलेज रहेको छ । मेला आगामी शुक्रबार र शनिबार राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा चल्नेछ । २ दिन विहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यँलय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् ।

बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआईटी, बिडेभ्स लगायत कोर्ष पढ्न चाहाने बिद्यार्थीे यो मेलाबाट लाभान्वित हुनेछन् ।

मेलामार्फत नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन् । मेलामा ४२ भन्दा बढी कलेजहरु सहभागि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment