Comments Add Comment

दुई वर्ष जेल र साढे २६ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

१९ साउन, काठमाडौं । प्रहरीले ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको ठिमीका ४८ वर्षीय सुनिल श्रेष्ठ छन् ।
श्रेष्ठलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले आइतबार पक्राउ गरेको हो ।

महाशाखाका प्रहरी उपरीक्षक (एसपी) केदार ढकालअनुसार श्रेष्ठलाई जिल्ला अदालत, पाटनले १ वर्ष १० महिना २३ दिन कैद र २६ लाख ४८ हजार तीन सय ८७ रुपैयाँ ४० पैसा जरिवाना फैसला गरेको थियो ।

तर, उनी लुकीछिपी बस्दै आएका थिए । ‘बोडेबाट पक्राउ गरेर आवश्यक अनुसन्धान थालेका छौं’, एसपी ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment