Comments Add Comment

केकीको फिल्म पनि आएको र गएको थाहा नहुने भएछ

अभिनेत्री केकी अधिकारीको चर्चा सामाजिक संजालमा जती हुन्छ, हलमा त्यती हुँदैन । उनले अभिनय गरेका चलचित्रहरुले हलमा गतिलो व्यापार गरेका छैनन् । बरु, केकी अधिकारी म्यूजिक भिडियोमा नै बढी रमाएको पाइन्छ । यतिमात्र होइन, केकीले चलचित्र छनोट गदौ धेरै हदसम्म पैसा हेरेको देखिन्छ । यसैले पनि होला, उनको फोटो हेरेरै दर्शक हलसम्म पुग्न सकेका छैनन् ।

केकी अधिकारी अभिनित चलचित्र ‘रातो गलबन्दी’ शुक्रबारबाट हलमा लाग्यो । आइतबारसम्म त चलचित्रको व्यापार यति कमजोर छ कि, चलचित्र आएको र गएको नै दर्शकले थाहा पाएनन् । केकीले चलचित्र रोज्दा यस्तो कुरामा ध्यान दिन आवश्यक छ । किनकी, उनी नेपाली चलचित्रकी अग्रपंक्तीकी नायिका हुन् ।

केकीले धेरै चलचित्रमा यस्तै गल्ती गर्दा उनलाई दर्शकले पत्याउन सकेनन् । झन्, युटुबमा हप्तैपिच्छे आउने म्यूजिक भिडियोले उनलाई कमजोर बनायो । ‘रातो गलबन्दी’मा कोशिश क्षेत्री र केकी अधिकारीको मुख्य भूमिका थियो । चलचित्रमा दुःख गरेर काम गरिसकेपछि दर्शकले हेरिदिउन् भन्ने हुन्छ । तर, चलचित्र आएको र गएको नै थाहा नहुने अवस्था आयो भने त, कलाकारलाई समस्या पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment