+
+
Shares

एकै खेलमा बायर्न म्युनिखको २३ गोल, पाँच खेलाडीको ह्याट्रिक !

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते ८:०८

२४ साउन, काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले एउटा सानदार प्रदर्शन गरेको छ । आज भएको मैत्रीपूर्ण खेलमा बायर्नले रोताक एगर्नलाई २३–० गोलअन्तरले पराजित गरेको हो ।

सुरुवातमै दबावमा आएको रोताक एगर्नमाथि बायर्नका पाँच खेलाडीले ह्याट्रिक गोल गरे । कोरेन्टिन टोरिसोले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै, रोबेर्टो लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेत्जका र क्वाइस ओकेयरी वरिड्टले ह्याट्रिक गोल गरे ।

त्यस्तै, रेनाटो सान्चेसले दुई, लियोन डजाकु, सर्ज ग्नाबरी, सरप्रित सिंह र एलेक्सजेन्डर नोलेनबर्गरले समान १–१ गोल गरे । एक गोल भने बायर्न म्युनिखले उपहारस्वरूप पाएको थियो ।

गोलको वर्षा नै गर्ने क्रममा बायर्नले पहिलो हाफसम्म ११ गोल गरेको थियो । दोस्रो हाफमा थप १२ गोल गर्दै सनसनीपूर्ण प्रदर्शन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?