Comments Add Comment

एशेज सिरिज : क्रिस वोक्सको स्थानमा क्रेग ओभरटन

१७ भदौ, काठमाडौं । अष्ट्रेलियाविरुद्धको एशेज टेष्ट क्रिकेट सिरिजको चौथो खेलका लागि इंग्ल्यान्डले खेलाडी परिवर्तन गरेको छ ।

घरेलु टोली इंग्ल्यान्डले एशेज सिरिजको चौथो खेलका लागि अलराउण्डर क्रिस वोक्सको स्थानमा क्रेग ओभरटनलाई प्लेइङ इलाभेनमा राखेको छ । भोलि (बुधबार) देखि अष्ट्रेलिया र इंग्ल्यान्डबीचको चौथो टेष्ट खेल वल्ड ट्राफोर्डमा सुरु हुँदैछ ।

तीव्र गतिका बलर ओभरटनले जेम्स एन्डर्सनको स्थानमा टिममा परेका थिए । जेम्स एन्डर्सन पहिलो टेष्ट खेलमा घाइते हुदै टिमबाट आउट भएपछि ओभरटनलाई समावेश गरेको थियो ।

अष्ट्रेलियाविरुद्ध चौथो टेष्ट खेलमा भने ओभटनले खेल्ने मौका पाएका हुन् । उनले अष्ट्रेलियाविरुद्ध नै सन् २०१७ मा टेष्ट क्रिकेटमा डेब्यु गरेका थिए । तीन टेष्ट क्रिकेटबाट उनले सात विकेट मात्रै लिएका छन् ।

क्रिस वोक्सले भने जारी सिरिजमा तीन खेलबाट ९ विकेट लिएका छन् । त्यस्तै, ब्याटिङतर्फ पनि ११२ रन बनाएका छन् । तर चौथो टेष्ट खेलमा भने उनी बेन्चमै रहने भएका छन् ।

पाँच खेलको एशेज सिरिजमा अष्ट्रेलिया र इंग्ल्यान्डले १-१ को बराबरी खेलका छन् ।

इंग्ल्यान्ड प्लेइङ इलाभेनः

रोरी ब्रन्स , जोइ डेन्ली, जोइ रुट (कप्तान), बेन स्टोक्स, जोनी बैरस्टोव, जोस बुटलर, क्रेग ओभरटन, जोफ्रा आर्चर, स्टुआर्ट ब्रोड र ज्याक लेच ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment