Comments Add Comment

अतिथिलाई दुहुनो गाई हो जस्तो नगरौं : प्रचण्ड

Photo Credit : फाइल तस्वीर

२० भदौ, काठमाडौं । सत्तारूढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले विश्वभर नेपालको कस्तो छवि बनाउने भन्ने पर्यटन व्यवसायीको हातमा रहेको बताएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४१ औं साधारणसभा तथा चुनावलाई सम्बोधन गर्दै प्रचण्डले नेपालीहरु बहादुर, इमान्दार र महेनती छन् भन्ने छवि रहेको बताए । तर यदाकदा विकृति देखिन थालेको भन्दै उनले भने, अतिथि देवो भवः मन्त्र त भन्छौं, तर कहिलेकाहीँ अतिथि दुहुने गाई हो भने जसरी भएभरको एकैपटक दुहुन खोज्ने घटनाहरु सुनिन आएका छन् ।’

व्यवसायका लागि राज्यले राम्रो वातावरण बनाइदिनुपर्छ भन्नेमा दुईमत नभएको उनले बताए । तर एकैपटक धेरै धन कमाउन खोज्दा दुर्घटनाबाहेक केही नहुने भन्दै सचेत गराए । ‘दिगो तरिकाले काम गर्नुस्,’ उनले भनेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफैंबाट सुरु नगरे सुशासन कायम हुन नसक्ने बताए ।

कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बदनाम हुने काम नगर्न आग्रह गरे । ‘पर्यटनमा रहेका समस्या घरभित्रै समाधान गरौं । नेपालको प्रतिष्ठामा आँच आउने गरी कुनै प्रचार नगरौं,’ उनले भनेका छन् ।

टानको यो चुनावी महाधिवेशन हो । शुक्रबार हुने निर्वाचनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment