Comments Add Comment

ग्रीन टिले पनि बढाउँछ सुन्दरता

सुन्दर देखिनका लागि विभिन्न उपायहरु अपनाउनु पर्छ । अझ अनुहारको सुन्दरताको लागि त बजारमा पाइने विभिन्न किसिमका ब्यूटी प्रोडक्टहरु र घरेलु सामग्रीहरु प्रयोग गर्न सकिन्छ । घरमा प्रयोग हुने सामग्रीले पनि हाम्रो छाला सुन्दर बनाउन सकिन्छ । घरमै पाइने बेसार, दही, कागती, मेवा, बेसन, ग्रीन टी आदिको प्रयोगले हाम्रो छालालाई सुन्दर र चम्किलो बनाउन सकिन्छ ।

ग्लोइङ स्किनको लागि ग्रीन टी उपयुक्त हुन्छ । ग्रीन टीमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइन्छ । जसले शरीरलाई स्वास्थ बनाउनुको साथै अनुहारलाई पनि सुन्दर बनाउँछ । ग्रीन टी पिउनाले अनुहारको चाया, पोतो, चाउरीपन र छालाको क्यान्सरबाट बच्न सकिन्छ । त्यस्तै ग्रीन टीलाई हामी फेस प्याकको रुपमा पनि प्रयोग गर्न सक्छौं ।

ग्रीन टी ब्यागको प्रयोग सीधा अनुहारमा गर्नाले छाला सेतो र चम्किलो हुन्छ । आज हामी ग्रीन टी फेस प्याक कसरी अनुहारमा लगाउने भन्ने बारेमा जानकारी दिँदैछौं ।

ग्रीन टी फेस प्याक बनाउने तरिका

यो फेस प्याक बनाउनका लागि ग्रीन टी र कोकोआ पाउडरको प्रयोग गर्नु पर्छ । तीन चम्चा ग्रीन टी र कोकोआ पाउडरमा एक चम्चा बदामको तेल मिलाउने । त्यसलाई अनुहारमा २० मिनेट लगाएर अनुहार धुने । यसो गर्दा तपाईंको अनुहार चम्कन थाल्छ ।

मेवा र ग्रीन टीको फेस प्याक

पाकेको मेवाको गुदी निकाल्ने र त्यसमा ग्रीन टीको पानी मिसाउने । यो प्याकलाई अनुहारमा १५ मिनेटसम्म लगाउने र पछि सफा गर्ने । नियमित रुपमा यो प्रकृया दोहोर्‍याउँदा अनुहारको छाला आकर्षक बन्छ ।

चामलको पिठो र ग्रीन टीको प्याक

दुई वटा ग्रीन टीको ब्याग र एक चम्चा चामलको पिठो मिसाउने र त्यसमा कागतीको केही थोपा रस हालेर पेस्ट तयार गर्ने । त्यो पेस्टलाई अनुहारमा १५ मिनेटसम्म राखेपछि स्क्रब गर्दै निकाल्नु पर्छ । यसले अनुहार चम्किलो बनाउँछ ।

स्ट्राबेरी र ग्रीन टीको फेस प्याक

तीनवटा स्ट्राबेरीलाई पिसेर त्यसमा आधा चम्चा मह र एक चम्चा ग्रीन टी मिसाउने । त्यो पेस्टले अनुहारमा मसाज गर्ने । आधा घण्टापछि अनुहार धुने । त्यसो गर्दा केही दिनमा नै तपाईंको अनुहारमा भएको चाउरीपन हट्न थाल्छ ।

अदुवा र ग्रीन टीको फेस प्याक

पानी उमालेर त्यसमा तीन वटा ग्रीन टी ब्याग र त्यसमा कुटेको अदुवा हाल्ने । जब पानी उम्लेर आधा हुन्छ, त्यसलाई छान्ने र छानेको पानीलाई अनुहारमा भएको डण्डिफोर अथवा दागमा लगाउने । त्यसो गर्दा अनुहारको डण्डिफोर हट्नुका साथै दाग पनि कम हुन्छ । यदि तपाईंले आफ्नो अनुहार ग्रीन टीले त्यसै सफा गर्नु भयो भने पनि तपाईंको अनुहार स्वस्थ र सुन्दर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment