Comments Add Comment

प्रमाण नपुगेको भन्दै गाउँपालिका अध्यक्ष हिरासत मुक्त

३० भदौ, प्युठान । गौमुखी गाउँपालिका प्युठानका अध्यक्ष विष्णु कुमार गिरीले बहुविवाह गरेको भन्दै प्रहरीमा परेको उजुरीमा कुनै कारबाही नहुने भएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दाका लागि प्रमाण नपुगेको भन्दै अदालतमा उजुरी दर्ता नगर्ने निर्णय गरेको हो ।

जिल्ला अदालत समक्ष मुद्दा दर्ता नगर्ने निर्णय गरी उच्च सरकारी वकिलको कार्यालयमा पठाइएको निमित्त जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताए ।

उच्च सरकारी वकिलको कार्यालयले निर्णय सदर नगरेसम्म सम्पर्कमै रहने गरी अध्यक्ष गिरीलाई हिरासत मुक्त गरिएको प्युठान प्रहरी प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

यो पनि पढ्नुहोस प्रेममा डुबेका गाउँपालिका अध्यक्षलाई फेसबुकले फसायो

पुष्टी हुन नसक्ने आरोपकै आधारमा लामो समय हिरासतमा रहनुपर्दा सामाजिक क्षति भएको अध्यक्ष गिरीले प्रतिक्रिया दिएका छन् । ढिलै भए पनि मुद्दा खारेज भएकाले सामाजिक क्षतिपूर्ति हुने उनले विश्वास व्यक्त गरे ।

गत भदौ १० गते श्रीमती सीता केसीले बहुविवाह गरेको भन्दै हुलाक मार्फत प्रहरी समक्ष उजुरी गरेकी थिइन् । एक युवतीसँग गाउँपालिका अध्यक्ष विष्णु गिरीले खिचाएका अर्धनग्न तस्वीर र फेसबुक च्याटमार्फत् भएको कुराकानीहरुको आधारमा उनले उजुरी दिएकी थिइन् ।

त्यसपछि प्रहरीले गाउँपालिका अध्यक्ष गिरी र ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment