Comments Add Comment

सन् २०२० को विश्व हाइकु सम्मेलन नेपालमा

वर्ल्ड हाइकु एसोसिएसनले सन् २०२० मा विश्व हाइकु सम्मेलन नेपालमा गर्ने निर्णय गरेको छ ।

वर्ड हाइकु एसोसिएनको जापानको टोकियोमा सम्पन्न १० औं विश्व सम्मेलनले आगामी वर्ष ११ औं विश्व सम्मेलन नेपालमा गर्ने निर्णय गरेको हो । जापानमा सम्पन्न सम्मेलनमा १७ देशका हाइजिनहरु सम्मिलित थिए ।

सम्मेलनमा जापान, बेलायत, अमेरिका, इटली, फ्रान्स, हंगेरीसहित १७ देशका हाइजिनहरु उपस्थित थिए । सम्मेलनमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै बेलायतबाट कृष्ण बजगाईं र जापानबाट आलोेक चालिसे प्रकाश पौडेल ‘माइला’ सहभागी थिए ।

नेपालबाट हाइकु सम्मेलनमा भाग लिन पुगेका प्राध्यापक रामकुमार पाँडेका अनुसार नेपालमा हुने उक्त विश्व सम्मेलनमा विश्वभररी छरिएर रहेका चर्चित हाइजिनहरुको ११ औं सम्मेलन गरिनेछ । कार्यक्रमको जिम्मा पाँडे अध्यक्ष रहेको नेपाल हाइकु केन्द्रले लिएको छ ।

सम्मेलनबाट फर्किएका पाँडेले साहित्यको माध्यमबाट सरकारको भ्रमण वर्ष २०२० लाई सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका बताए । एसोसिएसनले नेपालका पाँडेलाई वर्ल्ड हाइकुको मानार्थ सदस्यता पनि प्रदान गरेको छ ।

१५ वर्षदेखि जापानमा बसोवास गरिरहेका प्रकाश पौडेल माइला वर्ल्ड हाइकु एशोसिएसनका केन्द्रीय कार्य समितका सदस्य पनि हुन् । उनकै प्रस्तावमा सन् २०२० को विश्व हाइकु सम्मेलन नेपालमा गर्ने निर्णय भएको हो ।

जापानी साहित्यमा हाइकुको विशिष्ट स्थान छ । जापानमा हाइकु लेखनलाई सबैभन्दा गम्भीर विधा मानिन्छ । हाइजिनहरुले लेख्ने विषयलाई जापानी सरकार र जनताले गम्भीरतापूर्वक लिने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment