Comments Add Comment

बारामा प्रहरीद्वारा ५ लाखको समान बरामद

२६ असोज, वीरगञ्ज । बाराको विभिन्न स्थानबाट प्रहरीले ५ लाख मुल्य बराबरको अवैध समान बरामद गरेको छ । कलैया उप–महानगरपालिका-१० मटिअर्वा टोल स्थित सडक खण्डबाट ४ लाखको कपडा बरामद गरिएको हो ।

भारतबाट भन्सार छली गरी ४ वटा साईकलमा नेपाल भित्र्याउँदै गरेको रेडिमेड लेडिज कुर्ता १ हजार ५ थान र चौबन्दी २ सय ५ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यसैगरि बाराको कलैया उपमहानगरपालिका-६ बाट १ लाख मुल्य बराबरको किराना समानहरु बरामद भएको छ । भारतबाट भन्सार छली नेपाल ल्याईएको चिनी, बिस्कुट, खाने तेल, अचार, सुर्ती तथा विद्युतीय स्वीचहरु बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment