+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

साधु हत्याको आरोपमा तीन जना पक्राउ   

रासस रासस
२०७६ असोज २७ गते १३:१०

२७ असोज, अमरगढी ।  डडेल्धुरामा साधुको (जोगी) हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।

अर्का आरोपित घटनापश्चात डडेल्धुरा र बैतडीको सिमानामा लुकीछिपी बसेको सूचनाका आधारमा आइतबार पक्राउ परेका हुन् । तर बालबालिका ऐन, २०७५ को दफा ११ बमोजिम उनीहरुको परिचय भने खुलाइएको छैन । पक्राउ परेका तीनै जनाविरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

आरोपितहरुले गत मङ्गलबार घटनास्थल नजीकै अजयमेरु गाउँपालिका–१ समैजी कोटेलीमा रहेको पसलमा मदिरा सेवन गरी होहल्ला गर्दै मृतकको कुटीमा गएका थिए । फर्कने क्रममा नजीकै सडकमा मृतक उमाशङ्कर गिरी साधुसँग भेट भएको र विवाद भएको जनाइएको छ । पक्राउ परेका १६ वर्षीय किशोरले ढुङ्गा प्रहार गरेका थिए ।

त्यसपछि गिरी भागेर आफ्नो कुटीमा प्रवेश गरी लुकेका तर मदिराको मातमा रहेका आरोपितहरुले लखेट्दै गई पुनः ढुङ्गा प्रहार गरी सो स्थानबाट भागेर आ–आफ्नो घर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

घटनास्थलको सूक्ष्म अवलोकन, घटनास्थल वरिपरि भेटिएका सबुत प्रमाणहरुको अध्ययन विश्लेषण, घटनास्थल वरिपरि रहेका स्थानीय तथा प्रत्यक्षदर्शीहरुले खुलाइदिएका विवरणहरु, शङ्कास्पद व्यक्तिहरु माथिको सूक्ष्म निगरानी, पक्राउ परेका व्यक्तिहरुको प्रारम्भिक बयान र अन्य प्राविधिक विश्लेषण लगायतका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?