Comments Add Comment

कृष्णनगरमा बिहीबारदेखि लगाइएको कर्फ्यु हट्यो

Photo Credit : फाइल तस्वीर

१६ कार्तिक, बुटवल । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुलले कृष्णनगरमा बिहीबारदेखि लगाएको कर्फ्यु शनिबार बिहानदेखि हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले एक सूचना जारी गर्दै शनिबार बिहान ६ बजेदेखि कृष्णनगर बजार क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको उल्लेख गरेका छन् ।

१० बुँदे सहमतिसँगै कृष्णनगरको तनाव साम्य भएकाले कर्फ्यु हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए

बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेका ज्यान गएको थियो । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यु लगाएको थियो ।

शुक्रबार बिहान स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरूसहितको सर्वपक्षीय वार्तामा १० बुँदे सहमति भएपछि लक्ष्मीपूजाको मुर्ति विसर्जन गरिएको थियो । प्रदर्शनका क्रममा ज्यान गुमाएका पाण्डेको परिवारले शव बुझेर अन्तिम संस्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment