+
+
Shares

ट्याक्टरको ठक्करबाट बारामा मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १३:२९

२८ कात्तिक, वीरगञ्ज । ट्याक्टरले ठक्कर दिदा बारामा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनमा कलैया उपमहानगरपालिका-३ भवानिपुरका विनोद साहको मृत्यु भएको हो ।

वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना७त २६६ नम्बरको ट्याक्टरले मोतिसर कोइरियाटोला चोकमा साह चढेको ना३प ५१३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?