Comments Add Comment

विश्व शौचालय दिवसको अवसरमा प्रभातफेरी

३ मंसिर, काठमाडौं । ‘शौचालयको पहुँचबाट कोही बञ्चित नहोस्’ भन्ने मूल नाराका साथ मंगलबार सातौं विश्व शौचालय दिवस मनाइँदै छ । दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको छ ।

भृकुटीमण्डपबाट सुरु भएको र्‍याली भद्रकाली, शहीदगेट, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर सम्पन्न भएको थियो । प्रभातफेरीमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, वाटर एड, वातावरण र जनस्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाईटी लगायत संघसंस्थाको सहभागिता थियो ।

र्‍यालीमा सहभागीहरुले ‘मनको मन्दिर देवालय, तनको मन्दिर शौचालय’, ‘घरघरमा चर्पी, सफा राखौं धर्ती’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

विश्व शौचालय संगठनले सन् २००१ मा शौचालय दिवसलाई स्थापित गरेको थियो । सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएको थियो । त्यसपछि हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवसको रुपमा मनाउन थालिएको हो ।

सबै तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment